Home / Feature Breaking news / कांग्रेसको चुनावी कार्यक्रम गाँउकेन्द्रित

कांग्रेसको चुनावी कार्यक्रम गाँउकेन्द्रित

घोराही, ४ कार्तिक
आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि दाङको क्षेत्र नम्बर २ मा कांग्रेसले चुनावी कार्यक्रमलाई गाँउकेन्द्रित गरेको छ । यस क्षेत्रका उमेद्वारहरुले विभिन्न गाँउहरुमा पुगेर मतदाताहरुलाई आफ्ना एजेण्डा प्रस्टाउदै मत मागिरहेका छन् ।

यस क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश १ का उमेद्वार कमलकिशोर घिमीरे र प्रदेश २ का उमेद्वार भरतबहादुर न्यौपाने विभिन्न स्थानमा पुगेर मतदाताहरुलाई कांग्रेसले नेपाली जनतालाई लोकतान्त्रीक संविधान दिएकाले त्यसको कार्यान्वयन गर्नु पहिलो प्राथमीकता हुदाँ त्यसको कार्यान्वयन गर्न पनि कांग्रेसकै नेतृत्व आवश्यक भएको बताएका छन् ।

उनीहरुले संविधान जारी गरिसकेकाले अब दाङलाई समृद्ध बनाउदै सम्पूर्ण क्षेत्रको विकासकालागि अब कांग्रेसलाई विजयी बनाउन आवश्यक भएको भन्दै उनीहरुले कांग्रेस विजयी भएमा मात्र लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गर्दै मतदाताहरुसँग मत मागिरहेका छन् ।

मतदाताहरुले पनि संविधान जारी गर्ने लोकतन्त्रको रक्षा गर्ने एकमात्र दल नेपाली कांग्रेस भएको भन्दै विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विकास र शान्तिको प्रतिक कांग्रेस भएकाले अबको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने विभिन्न गाँउहरुमा भएका सभा तथा घरदैलोमा मतदाताहरुले बताएका छन् ।

सोमवार आज प्रतिनिधी सभा सदस्यका उमेद्वार राजु खनाल र भरतबहादुर न्यौपानेले मानपुरको विभिन्न स्थान मानपुर, जिनुवागाँउ, प्रिपहवा, फचकलुवा, बैचरपुर, लक्ष्मीपुर, टिक्रालहलौरा, भेलाही, बघौसी, जमेरा, बनकट्टा लगायतका विभिन्न स्थानमा मतदाताहरुसँग भेटघाट गरेका छन् । यी स्थानमा भएका सभाहरुमा बोल्दै उनीहरुले कांग्रेसलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका थिए ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश २ का उमेद्वार कमलकिशोर घिमीरेले घोराही उपमहानगरपालिकाको वडा नम्बर १७ का विभिन्न स्थानमा आज सोमवार घरदैलो गर्नुभएको छ । त्यस अवसरमा मतदाताहरुले स्थानीय विकासप्रेमीको नेताको रुपमा घिमीरेलाई चिन्ने भएकाले मत दिने बताएका थिए । आफूहलई विकास गर्ने र सुखदुखमा साथ दिने प्रतिनीधी चाहिएकाले विजयी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा घिमीरेले आँफू विजयी भएर गएपछि यस क्षेत्रलाई हरेक क्षेत्रबाट समृद्ध बनाउनकालागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल र प्रदेश २ का उमेद्वार कमलकिशोर घिमीरुेले आज सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १५ को कपासीबगीया क्षेत्रमा घरदैलो गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*