Home / Feature Breaking news / गंगा माविमा पढ्न नपाएको भन्दै विद्यार्थीहरुद्धारा तालाबन्दी

गंगा माविमा पढ्न नपाएको भन्दै विद्यार्थीहरुद्धारा तालाबन्दी

घोराही, ३ मंसीर
सात महिनादेखी विज्ञान विषय पढ्न नपाएपछि दाङको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शिक्षक नहँुदा आफूहरुको विज्ञान बिषयको पढाई नभएको भन्दै त्यसको बिरोधमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नं २ रामपुर स्थित गंगा माध्यमिक विद्यालयका बिद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

शैक्षिक सत्र शुरु भएको सात महिनासम्म पनि कक्षा १० को विज्ञान बिषयको पढाई नभएको भन्दै त्यसको बिरोधमा बिद्यार्थीहरुले विद्यालयको प्रशासिनक कक्षसहित विद्यालयको मूल गेटमै शुक्रवारदेखी तालाबन्दी गरी पठनपाठन ठप्प पारेका छन् ।

विज्ञान शिक्षक ब्यवस्थापनकालागि आफूहरुले बारम्वार विद्यालय ब्यवस्थापन समिति र प्रशासनमा अनुरोध गर्दापनि आफूहरुको मागप्रति बेवास्ता गरिएका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको कक्षा १० का छात्र दिपक सुवेदीले बताएका छन ।

गत पुसमा तत्कालित माध्यमिक तहका बिज्ञान शिक्षकले श्रोत ब्यक्तिमा नाम निकालेर गएपछि दश महिनासम्म बिज्ञान पढाउने शिक्षकको ब्यवस्थापन नभएका कारण आफूहरुको पढाई अन्यौलमा परेको विद्यार्थीहरुको गुनासो छ ।

विद्यालयमा तालाबन्दीपछि विद्यालयका बिद्यार्थीहरुले तत्काल शिक्षक ब्यवस्थापनको माग गर्दै ¥याली सहित वडा कार्यालयमा पुगेर वडाध्याक्षको ध्यानाकर्षण गराएको विद्यार्थी गरिमा सुनारले बताइन ।

वडाध्याक्ष केशव आचार्यले सोमबारदेखि नयाँ बिज्ञान शिक्षक आउने प्रतिवद्धता ब्यक्त गरेर तालाबन्दी खोल्न आग्रह गरेपनि शिक्षक नआउदासम्म तालाबन्दी नखोल्ने विद्यार्थीहरुको भनाई छ ।

विद्यालयका प्रधानाध्यापक भुवनकुमार आचार्यले गत माघदेखि विद्यालयमा बिज्ञान शिक्षक खाली भएको भन्दै आफूले तत्कालिन बेलादेखि नै शिक्षक ल्याउन प्रक्रिया थालेपनि शिक्षक ब्यवस्थान हुन नसकेको बताउनुभयो ।

शुरुमा जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलान हुन लागेकोले नआत्तिन आग्रह गरेको र पछि स्थानीय तहको निर्वाचन र अहिले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका कारण आचार सहित लागेकाले नयाँ शिक्षकका लागि परीक्षा गराउन नसकिएको बताउनुभयो ।

रिक्त सट्टा दरबन्दीका लागि दुइ पटक विज्ञापन गरिएको र त्यसमा निवेदन लिएकाहरुलाई निर्वाचन लगत्तै परीक्षा गराएर शिक्षक ब्यवस्थापन गरिने प्रधानाध्यापक आचार्यले बताउनुभयो ।

प्रौढ कक्षादेखि १२ कक्षासम्म पढाई हुने गंगा माध्यमिक विद्यालयमा करिव एक हजार एक सय बढी विद्यार्थी अध्ययनरत छन । बि सं २०१७ सालमा स्थापित यो विद्यालय दाङको पूर्वी क्षेत्रको पुरानो विद्यालयका रुपमा चिनिन्छ ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*