Home / समाचार / मतदाताले जानकीलाई भने–‘अँझै ठूलो मान्छे बन्नु, बिकास अँझै गर्नु छ’

मतदाताले जानकीलाई भने–‘अँझै ठूलो मान्छे बन्नु, बिकास अँझै गर्नु छ’

देउखुरी, १ मंसीर
प्रचार प्रसार समितिले चुनावी प्रचार प्रसार कार्यक्रम अघिल्लो दिननै तय गरिसकेको थियो ‘भोलीको टार्गेट सतवरिया ।’ दाङ,क्षेत्र नम्बर १ प्रदेशसभा २ का कांग्रेस उम्मेदवार जानकीलाल बस्नेत आफ्नो ‘बालापन’ बिताएको गाउँ पुग्दै थिए ।

देउखुरीको ‘रिहार’ मा जानकीलाल आउन थालेको खबरले उनका थुप्रै शुभेच्छुक मतदाताहरु जानकी पुग्नु अगावै उनको प्रतिक्षामा थिए । आधा दर्जन गाडीको लस्कर सहित जानकी रिहार पुगे, गाडीबाट ओर्लना साथ उनलाई आशिर्वाद दिनेहरुको ताँती सुरु भयो । यो ताँतीमा उनका कतिपय घरपरिवारकै सदस्य समेत थिए भने कतिपय बिकासे नेताका रुपमा मन जितेका मतदाताहरु ।

आफ्नो बाल्यकाल बितेको रिहारमा उनलाई आशिर्वाद दिनेहरुले पालैपालो एउटै आशिर्वाद दिए ‘अँझै ठूलो मान्छे बन्नु ।’ हँसिलो अनुहारमा जानकी बोले ‘तपाईहरुको आशिर्वादले म तपाईले चाहेकै ठाउँमा पुग्ने छु ।’

प्रतिनीधिसभा सदस्यका उम्मेदवार जानकीलालको प्रभावको मुल्यांकन गरेका मतदाताहरुले उनि यतिमै सिमित नहुने नेताका रुपमा बुझे । एकजना भन्दै थिए ‘यहाँ कसैले बिकास गरेको छ भने त्यो जानकीलाल बाबुले गर्नुभएको छ,उहाँको खोजी हामीहरुले सधैँ गरिरहने छौँ,उहाँ अँझै यो भन्दा पनि ठूलो मान्छे बन्नु पर्छ ।’ सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रम तय भए अनुसार उक्त कार्यक्रमलाई जानकीलालले सम्वोधन गर्न थाले ।

तर,जानकीले आँफूले त्यहाँ गरेका बिकासे योजनाको घमण्ड विल्कुलै गरेनन् । उनले बिकास निर्माणको अभावमा आँफूले बाल्यकालमा भोग्नु परेका समस्यालाई सबिस्तार गर्दा भावुक बने । ‘म यहाँ बाटोको अभावमा चिपलीँदै ,रुझ्दै,भिज्दै हिँडेको मान्छे हुँ,तपाईहरुले पनि यो समस्या लामो समय सम्म खेप्नु भयो,’उनले भने ‘सानो छँदाको त्यो दुखलाई सम्झीएर एउटा ईख जाग्थ्यो,रिहार देखि लैबरुवा सम्म मोटर चल्ने बाटो बनाएरै छोड्ने छु ।’ रिहार देखि राप्ती पारीको लैबरुवाका स्थायी बासिन्दा उनको भावुकता यतिमै सिमित रहेन ।

उनले थपे ‘रिहारबाट जंगलको लामो बाटो पार गरेर पनि घरमा सजिलै पुग्न सकिन्नथ्यो,राप्तीको भेल तर्नु पर्ने समस्याले तपाई हामी धेरै आजित भएका थियौँ ।’ यसर्थ सानो छँदा राप्ती नदीमा झेलुंगे पुल निर्माण गर्ने उनको अर्को बाल्यसपना थियो । भावुकतालाई रोकेर जानकीले साहस लिए र भने ‘रिहार देखि तेलिया सम्म मोटर चल्ने बाटो निर्माण गर्ने मेरो सपना म आँफैले पुरा गरेँ, अहिले तेलिया सम्म गाडी पुग्छ,तपाई हामीहरुलाई चिप्लँदै,लड्दै जंगलको बाटो हिँड्नु पर्ने वाध्यता टरेको छ ।’ उनले राप्तीको भेल तर्नुपर्ने समस्यालाई पनि समाधान पारिदिए ।

‘अहिले रिहार देखि लैबरुवा पुग्दा राप्ती नदी तर्नु पर्दैन,झोलुंगे पुलबाट रातविरत सहजै राप्ती पार गर्न सकिने भएको छ,’उनले भने ‘यो मेरो अर्को बाल्यसपना पनि मैले पुरा गरेको छु ।’

यि बाहेक त्यस क्षेत्रमा आँफूले गरेका शिक्षा,स्वास्थ्यसंग सम्वन्धी कार्यहरुलाई पनि उनले सामान्य ढंगले प्रस्तुत गरिदिए । उनले योजना निर्माणको पुरानो ईतिहाँसलाई मतदाता फकाउने अस्त्रका रुपमा फ्याँकेनन् । नत आगामी योजनाको स्वादनै चखाए ।

बरु आफ्नो बारेमा निर्णय लिने जिम्मा उनै मतदाताहरुलाई दिए । ‘मैले अँझै पनि यस्तो गर्छु उस्तो गर्छु भनेर तपाईहरुलाई आश्वासन देखाउँदैन,’उनले भने ‘तपाईहरुले मेरो मुल्यांकन गर्नुभएकै छ,मेरो कामको मुल्यांकन गरेर मलाई गर्नुपर्ने सहयोग पाउनेमा आशाबादी भने छु ।’

जानकीलालको यो गहकिलो बिचार सुनेका एक मतादाता तेलियाका जयसिंह खत्रीले सुझाव दिए ‘तपाईले खोल्नु भएको रिहार तेलिया सडकलाई तपाई आँफैले पीच गरिदिनु होला, तपाई बाहेक अरुबाट यो सम्भव छैन ।’ जानकीलालकै पहलमा झण्डै एक दशक अघि उक्त सडक बनेको थियो । गाउँमा पिउने पानीको समस्या छ । लमही ९ हर्दवाका बन्धुराम चौधरी ‘बिकास प्रेमी’ नेता आउन लागेको खबर सुनेर एकाबिहानै रिहार हानिए ।

एक घण्टाको पैदाल यात्रा गरेर रिहार पुगेको सुनाएका उनले भने ‘गाउँमा खानेपानीको समस्या छ, पानी पुर्याईदिनका लागि तपाईले जित्नै पर्छ नेता ज्यू ।’ जानकीलालले यो बस्तीमा पिउने पानीको व्यवस्थापनका लागि गरेको गुण उनले भुलेका पनि छैनन् ।

जानकीकै पहलमा बोरिङको व्यवस्थापन गरिएको थियो , तर अफसोच पानी भेटिएन । ‘बर्षैाँ देखि पानीको माग अरु नेताहरुसंग गरिरहेका थियौँ,तर हाम्रो माग सुनुवाई भएन, जानकी दाईलाई भन्नासाथ गत बर्ष बोरिङको व्यवस्था भयो,’उनले भने ‘तर पानीको स्रोत फेला परेन, अब खोलामा ड्याम बाँधेर पानीको व्यवस्थापन गरिदिनु भन्नु भएको छ,उहाँले बोलेको कुरा पुरा हुन्छ, म ढुक्क छु ।’

यो गाउँका ६० घरपरिवारलाई पानीको व्यवस्था गरिदिने एकमात्रै नेताका रुपमा उनले जानकीलाललाई नै हेरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*