Home / Feature Breaking news / कांग्रेसलाई मत माग्न महिलाहरु घरदैलोमा

कांग्रेसलाई मत माग्न महिलाहरु घरदैलोमा

घोराही, २९ कांग्रेस
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिलाहरुले घरदैलो सुरु गरेका छन् ।

कांग्रेसको पक्षमा मत माग्नकालागि महिलाहरुले समूह बनाएर प्रचारप्रसार सुरु गरेका हुन् । वुधवारदेखी घोराहीबाट घरदैलो कार्यक्रम सुरु गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि मत माग्न मतदाताहको घरघरमा पुग्न सुरु गरिएको छ ।

महिला संघ साविक क्षेत्र नम्बर ३ को अगुवाईमा घरदैलो कार्यक्रम सुरु भएको महलिा संघका क्षेत्रीय अध्यक्ष जानका केसीले जानकारी दिनुभयो ।

जसमा यस क्षेत्रका महिला संघमा आवद्ध महिलाहरु एवं कांग्रेसप्रति आस्थावान् महिलाहरुको सहभागिता रहेको पनि उहाँले जानकारी दिनुभयो ।

वुधवार घोराहीको काठेकोहलमा घरदैलौ भईरहेको केसीले बताउनुभयो । आज वुधवारदेखी हरेक दिन विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*