Home / Feature Breaking news / ‘शान्ति र विकासकालागि कांग्रेसको विकल्प छैन’

‘शान्ति र विकासकालागि कांग्रेसको विकल्प छैन’

दाङ, २८ कार्तिक
शान्ति र विकासकालागि कांग्रेसको विकल्प नभएको कांग्रेसका नेताहरुले बताएका छन् । निर्वाचनकालागि प्रचारमा रहेको कांग्रेसले विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले देशमा शान्ति र विकासकालागि कांग्रेसको विकल्प नभएको नेताहरुले बताएका छन् ।

कांगेस क्षेत्र नम्बर २ को प्रचारप्रसार समितिले विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा बोल्ने नेताहरुले शान्ति र विकासकालागि कांग्रेसको नेतृत्व आवश्यक भएको बताए । कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने बताउदै उनीहरुले लोकतन्त्रमा मात्र शान्ति र विकास हुन सक्ने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेतृ एवं निवर्तमान सांसद अनिता देवकोटाले कांगेस शान्ति र विकासको प्रतिक भएको बताउनुभयो । उहाँले युद्धमा रहेको माओवादीलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएको बताउदै सधै कांगेस शान्तिको पक्षमा रहेको बताउनुभयो ।

पूर्व सांसद कृष्णकिशोर घिमीरेले जिल्लामा भएका हरेक विकास कांगेसले गरेको बताउनुभयो । खुमबहादुर खड्कादेखी बलदेब शर्माले दाङको ठुलो विकास गरेका बताउदै आफू सांसद हुदा पनि जिल्लाको हरेक क्षेत्रमा विकासका योजना पुगेको बताउनुभयो ।

जिल्लाको विकासमा अहिले पनि कांग्रेसले नै योजना ल्याउने र विकास गर्ने गरेको उहाँको भनाई छ । घिमीरेले विकास र समानताको पक्षमा कांग्रस रहेको बताउनुभयो ।

पूर्व जिल्ला सभापति विरकेशरी गौतमले लोकतन्त्रमा सबै वर्ग, जाति, धर्मको रक्षा र पवद्र्धन हुने भन्दै लोकतन्त्र रक्षाकालागि कांग्रेस सधै लागिपरेको बताउनुभयो । कांग्रेस लोकतन्त्रको पक्षमा रहेको भन्दै उहाँले लोकतन्त्रमा विकास र शान्ति स्थापीत हुने बताउनुभयो ।

विभिन्न वडा तथा गाँउमा भएको कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का प्रचारप्रसार संयोजक एवं साविक क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले शान्ति र विकासको पक्षमा रहेको कांग्रेसको नेतृत्वमा संविधान नेपाली जनताले पाएको भन्दै संविधान कार्यान्वयनकालागि पनि काग्रेसको नेतृत्व आवश्यक भएको बताउनुभयो ।

डाँगीले आगामी निर्वाचन लोकतन्त्र र अधिनायकवाद विरुद्धको जनमत संग्रह भएको भन्दै लोकतन्त्रको पक्षमा कांग्रेसलाई मतदान गर्न उनीहहरुले अनुरोध गर्नुभयो ।

निर्वाचनकालागि मात्र दाङ र दंगालीहरुलाई प्रोग गर्ने नेताहरु यसपटक पनि दंगाली जनतालाई दास बनाउन उमेद्वारको रुपमा आएको भन्दै दुखसुखमा साथ दिने स्थानीय उमेद्वारलाई विजयी बनाउन अनुरोध गर्नुभएको छ ।

क्षेत्र नम्बर २ को चुनावी प्रचार अन्तरगत मंगलवार घोराहीको वडहरा, मङ्लेरी, सेवार, बडहरा, लमडरुवामा चुनावी सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरीएको छ । त्यस अवसरमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्वार राजु खनालले नेपाली काग्रेसले विकासको नेतृत्व गरेको बतानुभयो ।

काग्रेसले विकासका नेतृत्व गरेको देखेर अन्य केही दलहरु झुटा प्रचार गर्ने गरेको बताउनुभयो । देशमा लोकतन्त्रलाई संस्थागत गर्ने नेपाली काग्रेसलाई विजयी वनाउन समेत आग्रह गर्नुभयो ।

यस क्षेत्रको हरेक विकासमा कांग्रेसले अगुवाई गरको बताउदै खनालले त्यही विकासलाई हामीले गरेको भनेर अन्य दलहरुले झुट्टा प्रचार गरिरहेको बताउनुभयो ।

प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले वाम एकताले मुलुकलाई हित नगर्ने बताए । बाम एकताले इमान्दार कार्यकर्ता तथा अर्थतन्त्रमा समेत हस्तक्षेप गरकोे घिमिरेको भनाई छ ।

उहाँले आफनो उमेद्धारी यस क्षेत्रको समृद्धिकालागि रहेको बताउनुभयो । कृषिलाई सम्मानीत पेशाको रुपमा अगाडि बढाउदै किसानहरुलाई उन्नत कृष्कतर्फ आकर्षीत बनाउने घिमीरेले बताउनुभयो ।

क्षेत्र नम्बर २ प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपानेले देशको विकास र निकास नेपाली कांग्रेसले गर्र्ने बताउदै नेपाली काग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । न्यौपानेले देशलाइ अगाडि वढाउन नेपाली काग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस सधै जनताको साथमा रहने पार्टि भएको पनि उहाँको भनाई छ ।

सौडियारमा प्रचार समिति

सौडियारमा कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । सौडियारमा भएको कांगेसको भेलाले समिति गठन गरेको हो । ईकाई सभापति कर्णबहादुर बुढाथोकी संयोजक रहेको ५५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा ईकाई पदाधिकारी, भातृ संघसंस्थाहरु सदस्य रहनेछन् । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति डाँगीले कांगेसलाई विजयी बनाउनकालागि सबै आफे क्षेत्रबाट लाग्न आवश्यक भएको भन्दै त्यसमा लाग्न अनुरोध गर्नुभयो ।

भेलाले मंसीर २ गतेभित्रमा साविक सौडियार गाविसका हरेक वडामा प्रचार समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*