Home / समाज / दाङमा विप्लवका एक कार्यकर्ता पक्राउ

दाङमा विप्लवका एक कार्यकर्ता पक्राउ

दाङ, २८ कार्तिक
नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समूहका एकजनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बबई गाउँपालिका वडा नं. ५ निवासी ३२ बर्षीय निमबहादुर डाँगीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका डाँगी नेकपाका राष्ट्रिय युवा जन स्वयंम्सेवकको जिल्ला उपाध्यक्ष एवं बबई गाउपालिकाको सेक्रेटरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय खिलतपुरले डाँगीलाई सोमवार राति पक्राउ गरेको हो । रुकुम र रोल्पामा माओवादीका शिर्ष नेताहरुलाई लक्षित गरि बम विस्फोट र गोली प्रहारका घटनाहरु भएपछि निर्वाचन सुरक्षाको लागि नेकपा विप्लव समूहका कार्यकर्ता पक्राउ सुरु गरिएको दाङ प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*