Home / Feature Breaking news / संघियता खारेजीकोलागि निर्वाचनमाः जनमोर्चा अध्यक्ष केसी

संघियता खारेजीकोलागि निर्वाचनमाः जनमोर्चा अध्यक्ष केसी

दाङ, २८ कार्तिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता खारेजी गर्नकालागि निर्वाचनमा सहभागी भएको बताएका छन ।

प्रगतिशील पत्रकार संघ दाङले मंगलवार विहान घोराहीमा आयोजना गरेकोे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले जनमोर्चा सधै संघीयताको विरोधी भएको संघियताको खारेजीको मागका साथ स्थानीय तह, प्रतिनीधी सभा र प्रदेश सभा गरि तीनै तहका निर्वाचनमा सहभागी भएको बताएका हुन ।

निर्वाचनमा भाग लिनु संघियतालाई स्वीकार गरेर आफूहरु निर्वाचनमा नगएको केसीले बताए । संघीयता नेपाल र नेपालीको हित विपरित रहेको भन्दै विगतदेखि नै आफूहरु विरोधमा रहेको केसीको भनाई छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेलसंगै पार्टी एकताको प्रयासले सबैलाई फाइदा पुग्ने केसीले बताए । सबै विषय मिल्ने पार्टीका बीचको एकताको विषयलाई लिएर चिच्याउन नपर्ने टिप्पणी गरे ।

निती, सिद्धान्त र ब्यबहार मिल्ने पार्टीले एकीकरण गर्ने भन्दै बाम गठबन्धनलाई राष्ट्रिय जनमोर्चाको समर्थन रहेको बताए । तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको बाटोमा रहेको भन्दै दलहरुले आचारसंहिता पालना नगरेको प्रति केसीले गुनासो गरे ।

दलहरुले आचारसंहिता पालना गर्न तत्पर नरहेको भन्दै निर्वाचन आयोगले पनि यस विषयमा पञ्भावकारी काम गर्न नसकेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*