Home / Feature Breaking news / ‘कांग्रेसप्रति जनताको विश्वास छ चुनाव जित्छौ’

‘कांग्रेसप्रति जनताको विश्वास छ चुनाव जित्छौ’

दाङ, २७ कार्तिक
नेपाली कांग्रेस क्षेत्र नम्वर २ का प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेद्धारहरुले नेपाली काग्रेसको पक्षमा जनताको विश्वास रहेकाले चुनाव जित्ने बताएका छन् । नेपाल प्रेस युनियनले क्षेत्र नम्वर २ क्षेत्रिय प्रचार प्रसार समितीले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन । देशमा भएका विभिन्न समस्या समाधान गर्ने सफल नेतृत्व लिएकाले जनताको विस्वास रहेको उनीहरुको भनाई रहेको छ ।

प्रतिनिधि सभाको उमेद्धार राजु खनालले वाम पन्थीहरु काग्रेसको एकता देखेर आतिएको बताए । उनले वाम गठवन्धनले कांग्रेसंग आतिएर अहिले काग्रेसका कार्यकर्ताहरु संग भेटघाट गर्ने थालेको बताए । उनले भने‘ कसरी काग्रेसको मत तान्न सकिन्छ भन्ने रणनितीमा लागेका छन’ ।

23519120_1528766803881306_8328804212267841264_n

यस तर्फ सचेत रहनु पर्ने उनको भनाइ रहेको छ । उनले वाम गठवन्धनले अहिले केही नपाए पछि झटा प्रचार गर्ने समेत सुरु गरेको बताए । उनले भने ‘ काम गर्ने पनि नसक्ने तर अरुले गरेको कामलाई पनि झुटा प्रचार गर्ने थालेका छन’ । जिल्लाको विकासमा नेपाली कांग्रेसले महत्वपुर्ण भुमिका खेलेको बताए । अस्पतालको विकास देखि सडक निर्माण सम्म नेपाली काग्रेसको नेतृव्वले गरेको बताए । वाम पन्थी एकताले संविधानमा समेत प्रभाव पार्ने भएकाले सचेत रहनु पर्ने उनको भनाई रहेको छ ।

लोकतन्त्रमा मात्र सवैको अस्तीत्व समान रहने उनको भनाई छ । लोकतन्त्र संस्थागत गर्ने नेपाली कांग्रेसको विजयी हुन जरुरी रहेको बताए । प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले वाम एकताले मुलुकलाई हित नगर्ने बताए । वाम एकताले इमान्दार कार्यकर्ता तथा अर्थ तन्त्रमा समेत हस्तक्षेप गर्ने घिमिरेको भनाई रहेको छ । उनले भने ‘ वाम एकताले अर्थ तन्त्र निर्माणमा समेत वाधा पु¥याउने छ’ । उनले आफनो उमेद्धारी दाङको समृद्धिको लागि रहेको बताए । उनले खानेपानी, स्वास्थ्य उपचार, शिक्षा पु¥याउन लाग्ने बताए ।

खानेपानी सुविधा पु¥याउने, मातृ मृत्युदर घटाउने , शिक्षा सहज र सर्व सुलभ वनाउन लाग्ने घिमिरेको भनाई रहेको छ । उनले भने‘ सुखी परिवार समृद्ध समाज मेरो अभियान हो’ । घिमिरेले रोजगार नपाएका शिक्षीत गृणिलाई भत्ताको व्यवस्था गर्ने समेत बताए । त्यसै गरेर कृषिलाई सम्मानीत पेशाको रुपमा अगाडि वढाउने समेत आफनो लक्ष्य रहेको बताए । किसानहरुलाई कृषित तर्फ अग्रसर वनाउन लाग्ने बताए । उनले भने ‘कृषिलाई सम्मानीत पेशा वनाएर कृषिलाई प्रमुख उत्पादनको प्रमुख स्रोत वनाउनु पर्दछ’ ।

त्यसकालागि आवस्क पर्ने सिंचाइ सेवा पु¥याउने समेत बताए । प्रदेश क्षेत्र नम्वर २ (२) का उमेद्धार भरतवहादुर न्यौपानेले लोकतन्त्रलाई वचाउन अगाडि वढनु पर्ने बताए । वाम पन्थीहरु उपयोगको मात्र सिद्धान्द्ध वाकेर हिडने गरेको बताए । उनले भने ‘ वामपन्थीहरु उपयोगको मात्र सिद्धान्द्ध वोकेर हिडछन भन्ने अहिले स्पष्ट भएको छ’ । यस कार्यमा सवै एकतावद्ध भएर अगाडि वढनु पर्ने समेत बताए ।

उनले जिल्लाको विकासमा नेपाली काग्रेसले महत्वपुर्ण भुमिका खेलेको र आउदा दिनमा पनि त्यसलाई निरन्तरा दिने समेत बताए । न्यौपानले अन्र्तराष्ट्रिय विमान स्थल निर्माण, सडक निर्माण मा आफनो पहल रहने बताए । न्यौपानेले प्रादेशिक राजधानी निर्माणका लागि दाङ उपयुक्त रहेकोले प्रादेशिक राजधानी निर्माण गर्ने आफु लागि पर्ने बताए । निवर्तमान सांसद अनिता देवकोटाले राजनितीको नेतृत्व नेपाली काग्रेसले गर्ने गरेको बताइन ।

उनले भनिन‘ हरेक सफल राजनितीक नेतृत्व नेपाली काग्रेसले गरेको छ’ । नेपाली काग्रेस कसै संग डराउनु पर्ने बताईन । उनले भनिन‘ काग्रेस एक भएको छ चुनाव जित्छ कसैसंग डराउनु पदैन’ । काग्रेस एक भएमा कुनै पनि शतिले काग्रेसलाई हराउन नसक्ने उनको भनाइ छ ।

देवकोटाले ढुक्क भएर अगाडि वढन समेत आम कार्य कर्ता तथा नागरिकहरुलाई आग्रह गरीन । समानुपातीक उमेद्धार पुष्पा वादीले नेपाली काग्रेसले मात्र सवैलाई समेटेर अगाडि वढन सकने बताई । त्यसले नेपाली काग्रेसलाई विजयी वनाउन आग्रह गरीन ।

कार्यक्रम नेपाल प्रेस युनियन प्रचार प्रसार समितीका क्षेत्र नम्वर २ क्षेत्रिय संयोजक तथा जिल्ला उपाध्यक्ष बशुन्धरा गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको वारेमा युनियनका सल्लाहाकार सुदिप गौतमले जानकारी गराएका थिए । युनियनका सदस्य आर.के.शीतलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र वस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*