Home / Feature Breaking news / हापुरबासीको एउटै आवाज–‘भरत बाबुलाई जिताउने हो’

हापुरबासीको एउटै आवाज–‘भरत बाबुलाई जिताउने हो’

आर.के.शीतल
घोराही, २६ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यकालागि हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्नकालागि राजनितिक दलहरु चुनावी प्रचारलाई तीव्र बनाउद लगेका छन् । यस निर्वाचनमा सबै उमेद्वारहरु मत आफ्नो पक्षमा पार्दै जित हासिल गर्ने लक्ष्यकासाथ गाँउगाँउमा प्रचार गरिरहेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेपाली कांग्रेसले प्रचार तीव्र पारेको छ । प्रचार समितिले तयार पारेको कार्यक्रम तालिका अनुसार घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ र १२ मा शुक्रवारकालागि कार्यक्रम तय गरिएको थियो । जस अनुसार यी २ वडा अर्थात साविक हापुर गाविसका विभिन्न स्थानमा भएको कार्यक्रममा स्थानीयबासीहरुको बाक्लो उपस्थिति थियो ।

दिउसो हापुरको टिकरीमा आयोजना गरिएको कार्यक्रममा युवा, महिला एवं वृद्धहरुको बाक्लो उपस्थिति थयो । पिपलको छहारीमा भएको कार्यक्रम स्थलमा उमेद्वारहरुको पर्खाईमा थिए स्थानीयबासीहरु ।

उमेद्वार आउनासाथ अविर र हजारीको मालाले स्वागत गरेका स्थानीय वृद्धहरु भन्दै थिएः “यसपटक त भरत बाबुलाई जिताउनुपर्छ ।” यस क्षेत्रमा दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ को कांग्रेसका उमेद्वार भरतबहादुर न्यौपानेलाई धेरैले भरत बाबुको नामले चिन्छन् ।

कांग्रेस तर्फका प्रतिनीधी सभा उमेद्वार राजु खनाल र प्रदेशसभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपानेको साथमा कांग्रेस नेताहरु ऋनिता देवकोटा, विरकेशरी गौतम, घनश्याम रेग्मी, अर्जुनकुमार न्यौपाने, भुपबहादुर डाँगी, खगराज पाण्डे, भेषराज खत्री, श्याम रेग्मी, कृष्णा राना, गोमा रावत, निर्मल न्यौपाने, खड्ग बुढाथोकी, सुदीप गौतम, महेश श्रेष्ठ, प्रचण्डदेव न्यौपाने सहितका अग्रज नेतादेखी युवा नेताहरु सहितको टोली हापुरमा पुगेको थियो । टोलीलाई भव्य स्वागत गर्दा स्थानीयबासीहरुको अनुहार खुसीले प्रफुल्लीत देखिन्थ्यो ।

कार्यक्रममा सहभागीहरुले एक आपसमा कुराकानी गर्दै भने–“यस पटक त हाम्रो भरत बाबुलाई जसरी नि जताउनुपर्छ ।” कार्यक्रममा सहभागी सबैसँग साईनो अनुसारको ढोकभेट गर्दै सबैसँग जितको आशिर्वाद लिए प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपानेले ।

उनी हुर्केको ठाँउ हापुरमा न्यौपानेलाई स्थानीयबासीहरुले उत्साहित बनाए । “यसपाली बल्ल हामीले आफ्नो ठाँउको नेता पाएका छौँ, जसरी नि भरत बाबुलाई जिताउने हो ।” स्थानीयबासी ८० वर्षीय आस्माया विश्वकर्माले भन्नुभयो । आस्मायाको कुरा सुनेर उनीसँगै बसेका वृद्ध महिलाहरु भन्दै थिए–“हाम्रो नेता भनेको भरत बाबु हो, अरु त आए भोट मागे गए । अघिपछी कहिले आएनन् । यो ठाँउको विकास त भरत बाबु र उहाँ भएको पार्टि कांग्रेसले गरेको हो । जसले हामलाई साथ दिन्छ यो ठाँउको विकास गर्या छ त्यसैलाई भोट दिने हो ।”

कार्यक्रममा सहभागी युवादेखी वृद्धसम्मले वारम्वार भरत न्यौपानेकै गुनगान गाए । उनका सानैदेखीका साथी जिवराज श्रेष्ठले भने –“यो ठाँउको एकमात्र नेता भरत जी हुनुहन्छ, यो ठाँउको विकास र यहाँका जनतालाई साथ दिने भरतजीलाई यस पटक जसरी नि जिताउनु छ र जित्नुन्छ पनि ।”

कार्यक्रममा सहभागि सबैले भरतबहादुर न्यौपानेलाई जितको शुभकामना दिईरहे । कार्यक्रमलाई सम्वोधन गर्दै न्यौपाने आफूले निर्वाचन जितेर गएपछि यो क्षेत्रको मुहार फेर्ने प्रतिवद्धता व्यक्त गरे । यो ठाँउको विकासमा आफू निरन्तर लागिरहेको भन्दै न्यौपानेले यस पटक मत दिएर आफूलगाएत कागेसलाई विजयी बनाउन अनुरो गरे ।

“म यही ठाँउको मान्छे यही ठाँउले मलाई नेता बनायो तपाईहरुको साथ र सहयोगले म यहाँसम्म आएको छु” न्यौपानेले भने–“यस पटकको निर्वाचनमा म लगायत कांग्रसलाई मत दिएर विजयी बनाउनुस् म यो क्षेत्रको मुहार फेर्नेछु ।” न्यौपानले यस क्षेत्रको हरेक माटो, रुखविरुवा, हरेक बाटो, हरेकको समस्यासँग आफू जानकार रहेका भन्दै स्थानीयलाई मत दिन अनुरोध गरे । उनले हरेक भनाईमा उपस्थित सम्पूर्ण सहभागीहरुले तालि बजाएर समर्थन जनाएका थिए । हापुरबासीहरु वृद्ध, युवा, महिला समूह बनाएर भरचबहादुर न्यौपानेलाई जिताउने हो भन्दै प्रचारमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*