घोराही, २६ कार्तिक
घोराही उपमहानगरपालिका वडा नंवर १४ को वडा सोमवार हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल र प्रदेशका उम्मेदवार कमलकिशोरको उपस्थीतिमा वडाभेला हुन लागेको वडा नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष श्याम प्रसाद सुवेदीले बताएका छन् ।
आसन्न निर्वाचनलाइ नेपाली कांग्रेसको पक्षमा ल्याउन आयोजना हुने वडाभेलामा सहभागिताकालागी आग्रह गरीएको छ । त्यसैगरी वडा इकाइ अध्यक्ष श्याम प्रसाद सुवेदी र सचिव होम वहादुर भण्डारीले जारी गरेको बक्तव्यमा निर्वाचन लक्षित कार्यक्रममा सहभागिताकालागी आम नेपाली कांग्रेसका भ्रात्रि संघका जिम्मेवार व्यक्तित्वहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु त्था संपुर्ण भ्रातृसंस्थाका प्रतिनिधिका पदाधिकारीहरुलाइ समेत सहभागिताकालागी आव्हान गरिएको छ ।
कार्यक्रम पुरानो वसपार्क नजिकै रहेको नेपाली कांग्रेस इकाइ समिति वडा नंवर १४ को कार्यालयमा विहान ११ बजेदेखी हुने समेत विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच
नेपाली कांग्रेसको घोराही १४ नम्बर वडा समिातिलाई बिस्तार गरिएको छ । आज बसेको वडा समितिको बैठकले समितिलाई विस्तार गरेको हो । जस अनुसार सचिवमा ताराप्रसाद ढकाललाई मनोनयन गरिएको छ । यसैगरि सहसचिवमा कुलराज पोख्रेललाई मनोनित गरिएको छ भने सदस्यहरुमा जुक्तीप्रसाद पुन र खेमा बिकलाई चयन गरिएको छ । बैठक वडा सभापति श्यामप्रसाद सुवेदीको अध्यक्षतामा बसेको थियो ।