Home / Feature Breaking news / कांग्रेस उमेद्वार बस्नेतसँग पहाडी मतदाताको माग– ‘खानेपानी र बाटो देउ’

कांग्रेस उमेद्वार बस्नेतसँग पहाडी मतदाताको माग– ‘खानेपानी र बाटो देउ’

दाङ, २६ कार्तिक
क्षेत्र नम्बर १ प्रदेश सभा २ मा पर्ने दाङका पहाडी भेकका मतदाताहरुले खानेपानीको सहज व्यवस्थापन गरिदिन कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार समक्ष माग गरेका छन् । यसअघि सम्म आँफूले राखेका मागहरु पुरा नभए% विकासप्रेमी नेताका रुपमा सुनेको भन्दै उनिहरुले व्यवहारतः विकास देखाईदिन %

आँफूहरुले बस्नेतको नाम विकासप्रेमी नेताका रुपमा सुनेको भन्दै उनिहरुले व्यवहारतः विकास देखाईदिन आग्रह समेत गरे । २०५६ साल देखि आँफूहरुले बिकास मागि रहेको तर पुरा नभएको भन्दै उनिहरुले बस्नेतलाई आँफूहरुको बिकास प्रेमी नेता बनिदिन आग्रह गरेका थिए । ‘खानेपानीका लागि तल खोलामा झर्नुपर्छ,’एक महिलाले भनिन् ‘त्यो ठाउँमा पनि अरु गाउँका समेत मान्छेहरु लाईनमा हुन्छन् पानी भर्नै पाईदैन,सजिलैगरि पानी पिउने व्यवस्था मिलाईनु पर्यो ।’

मतदाताको जवाफ दिँदै उम्मेदवार बस्नेतले आँफू जिल्लाको पहाडी भेकका मतदाताहरुका लागि अपरिचि नभएको भन्दै विगतमा पनि आफ्नो पहलमा पहाडी भेकमा बिकास निर्माणको पूर्वाधार खडा गराएको स्मरण गराए । ‘म भेगीय विचार बोकेर राजनीतिमा लागेको छैन, दाङभरीकै मतदाताहरुलाई म उत्तिकै प्रेम गर्छु,’बस्नेतले भने ‘यहि पहाडी क्षेत्रमा पनि मैले केहि समय अगाडी खानेपानीको योजना पारेको मान्छे हुँ,त्यसैले मलाई अपरिचित ब्यक्तिको रुपमा नचिनिदिनु होला ।’

यसैगरि पहाडी क्षेत्रका मतदाताहरुले सडकको मागलाई पनि उच्च प्राथमिकताका साथ उठाएका छन् । घोराहीसंग जोड्ने सडकको दुरावस्था बारे जानकारी दिँखै मतदाताहरुले यो सडकलाई व्यवस्थित रुपमा सञ्चालनका लागि बस्नेत समक्ष अनुरोध गरे । ‘म बोल्ने नेता हैन,,’बस्नेतले जवाफ दिए ‘बालीमा भन्दा काम गरेर विश्वास दिलाउनु मेरो धर्म हो,त्यसैले यहाँहरुका गुनासा सुनेर मैले हुन्छ भन्ने मात्रै हैन, काम पुरा गरेरै देखाउने छु ।’

इसैगरि विद्युत विस्तारको माग समेत मतदाताहरुले गरेका छन् भने शिक्षा,स्वास्थ्य जस्ता आधारभुत विषयहरुलाई समेत मतदाताहरुले उम्मेदवार समक्ष राखेका छन् । ‘यहाँहरुले म समक्ष सुनाएका बिषयहरु जनताका आधारभुत आवश्यक्ताका बिषय हुन्,’बस्नेतले भने ‘जनताका आधारभुत आवश्यक्ता पुरा गर्नका लागि म ज्यान दिएर लाग्ने छु ।’ उक्त क्षेत्रका मतदाताहरुले बिकास प्रेमी नेताका रुपमा चिनिएका बस्नेतबाट लामो समय देखिको अपेक्षा पुरा हुने विश्वास लिएका छन् ।

बस्नेतले आफ्नो चुनावी अभियान अन्तर्गत घोराही १ को हर्नोक,काउले, कर्माकोट लगाएतका मतदाताहरुसंग मत मागेका थिए । यि क्षेत्रका मतदाताहरुले निर्वाचन जितेर बिकासका योजना सहित पुनः गाउँ फर्कन शुभकामना समेत दिएका छन् ।

यसैविच क्षेत्र नम्बर १ प्रदेशसभा १ का उम्मेदवार प्रदीप थापाले आज गढवा क्षेत्रमा मतदातासंग भेटघाट गरेका छन् । ४७ बर्षे लामो राजनीतिक यात्रामा अहिले बल्ल जनप्रतिनीधि बन्ने मौका पाएका उम्मेदवार थापाले आफ्नो लामो राजनीतिक छवी प्रष्ट्याउँदै मतदाताहरुसंग मत मागेका छन् ।

उनले गढवा गाउँपालिकाको बाँकी गाउँका मतदाताहरुलाई कांग्रेसलाई निर्वाचनमा जिताउन अपिल गरेका छन् । मतदाताहरुले नेताहरु मतदातासंग सदैब निकट रहन सुझाव दिएका थिए । मतदाता र नेताहरुको पारस्परीक सम्वन्ध भए मात्रै राजनीति प्रतिको विश्वास कायम हुने भन्दै उनले उम्मेदवार थापालाई जीतेर पुनः गाउँमा फर्कन सुझाव दिएका थिए ।

जवाफमा थापाले आँफू सदैब स्थानीय जनतासंगै निकटस्थ रहेको बताउँदै सदैब जनताको मनमै बस्ने गरि काम गर्ने बचन दिएका थिए । ‘ म जहिल्यै मतदातासंग निकटस्थ रहेर काम गरेँ, मेरो रानीतिक कालखण्डमा म जनताको हितका लागि बिकासे योजना ल्याएँ,’उनले भने ‘अब पनि मतदाताहरुसंगको यो सामिप्यताको डोरी कहिल्यै चुडाउने छैन ।’

थापा संग हालै मात्रै पार्टी एकीकरण भएको तत्कालीन फोरम लोकतान्त्रीबाट कांग्रेसमा प्रवेश भएका नेताहरु समेत चुनावी प्रचारमा खटिएका छन् । यसले कांग्रेस भित्रको अन्तरघुलनलाई मजवुत बनाएको देखिएको छ ।

उता प्रतिनीधिसभा सदस्य उम्मेदवार सुशीला चौधरीसंग मतदाताहरुले राप्ती नदीमा बलियो तटवन्धको माग गरेका छन् । खरदरियाका मतदाताहरुसंगको भेटघाटका क्रममा उम्मेदवार चौधरीसंग राप्ती नदीले गत बर्खामा कटान गरेर ठूलो क्षेती पुर्याएको भन्दै अव यो क्षेतीलाई दिर्घकालिन रुपमा रोक्नका लागि उनिहरुले माग गरेका हुन् । तटवन्धनका लागि योजना परेको भएपनि ठूला ढुंगाको अभाव भएको भन्दै मतदाताहरुले यसको सहज व्यवस्थापनका लागि चौधरीलाई गुहारेका हुन् ।

‘हामीहरुलाई राप्ती नदीको कटानले हैरानी बनाएको छ,’खरदरियाका मतदाताले भने ‘यसको दिर्घकालन समाधानका लागि यहाँले पहल गरिदिनु पर्यो ।’ उनिहरुले खोलाबाट ठूला ढुंगा उठाउन नभएको भन्दै हाल परेको योजना पनि बलियो बन्नेमा आशंका ब्यक्त गरेका थिए । जवाफमा चौधरीले खरदरिया गाउँलाई डुबान र कटानबाट रोक्ने जिम्मा आफ्नो भएको भन्दै निश्चिन्त भएर बस्न अनुरोध गरिन् । उनले राप्ती नदीमा बलियो तटवन्ध निर्माण गरेर दिर्घकालिन रुपमा कटानको समस्या हल गर्ने बचन दिईन् ।

‘राप्ती नदीको कटानको समस्या अब तपाईहरुले भोग्नु पर्दैन,’उनले भनिन् ‘राप्तीमा बलियो तटवन्ध गरेर तपाईहरुको बस्ती र खेतीयोग्य जमिन जोगाउने जिम्मा अब मेरो अनि कांग्रेसको हो ।’

यसैगरि प्रतिनीधिसभा सदस्य उम्मेदवार चौधरीले बाँकी,मटेरिया लगाएका गाउँका मतदाताहरुसंग पनि भेटघाट गरेकी थिईन् । कतिपय स्थानका मतदाताहरुले भने अहिले आँफूहरुले केहि पनि माग्ने तर जितेपछि फोन मार्फत बिकास माग्ने बताएका थिए ।

त्यो बेला आँफुहरुको माग सुनुवाईन गरिने पर्ने वताएका थिए । जवाफमा सुशीलाले स्थानीय तहका हरेक समस्याहरुलाई आँफूलाई जुनसुकै बेला पनि सुनाउन सक्ने भन्दै ढुक्क भएर बस्न आग्रह गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*