Home / समाचार / नागरिकको बाँच्न पाउने अधिकार सुचिश्चीत गरः पोख्रेल

नागरिकको बाँच्न पाउने अधिकार सुचिश्चीत गरः पोख्रेल

दाङ, २५ कार्तिक
नेपाल पत्रकार महासंंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले नागरिकको बाँच्न पाउने अधिकार राज्यले सुनिश्चीत गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल बैंक बर्दियाका शाखा प्रमुख प्रमोद बर्माको रहस्यमय मृत्युको निष्पक्ष छानविनको माग गर्दै युवाहरुले काडमाडौँको माईितिघरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोलदै पोख्रेलले राज्यले हरेक नागरिकको बाँच पाउने अधिकारको सुनिश्चीत गर्न अनुरोध गर्नुभएको हो ।

जसका लागि दण्डहिनताको अन्त्य हुनु आवश्यक रहेको उहाँको भनाई छ । प्रमोद बर्माको मृत्यु आत्महत्या नभई हत्या नै भएको भन्दै उहाँले यस घटनाको निष्पक्ष छानविन गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

प्रमोद बर्मालाई आफूले सानैदेखी चिनेको भाई भएको भन्दै उनले आत्महत्या गर्न नसक्ने पोख्रेलले दाब पनि गर्नुभयो ।

बर्माको श्रीमति पत्रकार पार्वति बस्नेत निरन्तर पत्रकारिताका मध्यमबाट अन्यायमा परेकाहरुको आवाज बोलिरहेको बेला पनि उनी अहिले आफै अन्यायमा परिरहेको बताउनुभयो ।

धैर्यका साथ सरकारलाई सत्यतथ्य छानबीनकालागि सिंगो नेपाली नागरिकहरुले माग गरिरहेको बताउदै पोख्रेलले यदि यो माग वेवास्ता गरिएमा अझ शशक्त आन्दोलन गर्नुपर्ने स्थिति आउन सक्नेृ भन्दै यसतर्फ सरकार सचेत रहनन उहाँले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*