Home / समाचार / तीन सय ५०को निशुल्क स्वास्थ्य जाँच

तीन सय ५०को निशुल्क स्वास्थ्य जाँच

तुलसीपुर २४ कार्तिक ।
तुलसीपुर १८ बिजौरीमा भएको निःशुल्क स्वास्थ्य शिबिरबाट साढे तीन सयले स्वास्थ्य जाँच गराएका छन् । असहाय बाल बिकास नेपाल दाङले आयोजनामा भएको स्वास्थ्य शिबिरबा तीन सय ५० जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
संस्थाका अध्यक्ष बिष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथ तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले स्वास्थ्यलाई सुरक्षित राख्न नियमित यस्ता स्वास्थ्य शिबिर आबश्यक पर्ने बताईन् ।

उनले फरक प्रसंगमा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा पर्ने मध्यपश्चिम आर्युवेद औषधालयको स्तरउन्नती हुनुपर्ने बताईन् । मध्यपश्चिमकै गौरबको रुपमा रहेको उक्त औषधालय पछिल्लो चरणमा प्रभाबकारी रुपमा सञ्चालन हुन नसकेकाृे भन्दै आर्युवेदिक पद्धतिबाट प्रभाबकारी रुपमा उपचार गर्न उक्त औषधालयलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न सबैले पहल थाल्नु पर्ने बताईन् ।
कार्यक्रममा नेपाल संस्कृत बिश्व बिद्यालय बिजौरीका डीन प्रा.डा. सञ्जय पोख्रेलले दाङको आर्युवेद स्वास्थ्य सेवाका लागि सबैको पहल आबश्यक भएको बताए । कार्यक्रममा मध्यपश्चि आर्युवेद औषधालयका मेडिकल सुपरिटेन्डेन्ट डा. राम कामेश्वर ठाकुरले यहाँको आर्युवेद स्वास्थ सेवा प्रभाबकारी बनाउन भौतिक पुर्बाधार निर्माण गर्नुका साथै यहाँको सेवा स्तरउन्नती गर्नुपर्ने बताए ।

कार्यक्रममा आर्यूवेद औषधालय बिकास समितिका अध्यक्ष भैरबमज्गैया, जनता बिद्यापीठका पाचार्य माधब अधिकारी, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वलीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रशासनीक प्रमसख कृष्ण रिजालले गरेका थिए ।

शिबिरमा मध्यपश्चिमाञ्चल आर्युवेद चिकित्सालका मेडिकल ंसुपरिटेन्डेन्ट डा. रामकामेश्वर ठाकुर, डा. गोकर्ण दाहाल, डा.रेश्मा केसी, नेपाल संस्कृत बिश्वबिद्यालयका डिन प्रा.डा.सञ्जय पोख्रेल, साहयक डिन डा.रामेश्वर अर्याललगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*