Home / समाचार / कांग्रेसले जितेमा लोकतन्त्र स्थायीत्व हुन्छः घिमीरे

कांग्रेसले जितेमा लोकतन्त्र स्थायीत्व हुन्छः घिमीरे

घोराही, २२ कार्तिक
प्रदेश सभा सदस्यकालागि (क) का उमेद्वार कमल किशोर घिमीरेले लोकतन्त्रलाई स्थायीत्व दिनकालागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातालाई अनुरोध गरेका छन् ।

कर्जाहीमा आयोजना भएको कार्यक्रममा बोल्दै घिमीरेले नेपाली कांग्रेसले जितेमात्र देशमा लोकतन्त्र र प्रजातन्त्र स्थायीत्व हुने बताउनुभयो ।

यो निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएकाले त्यसै अनुसार अगाडि बढ्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाली काग्रेसको जित सुनिश्चित रहेको समेत दावी गर्नुभयो ।

दाङ कांग्रेसको किल्ला भएकाले यसपटकको निर्वाचन पनि कांग्रेसकै पक्षमा भएको उहाँको भनाई छ ।

जिल्लाका पहाडी क्षेत्रमा कांग्रेसले धेरै क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएको घिमीरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*