Home / समाचार / कांग्रेसको एकता देखेर गठबन्धन अत्तालियोः देवकोटा

कांग्रेसको एकता देखेर गठबन्धन अत्तालियोः देवकोटा

दाङ, २२ कार्तिक
निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताउनुभयो ।

नेपाली कांग्रेसको चुनावी कार्यक्रम अन्तरगत घोारही उपमहानगरपालिका– ६ गुरुवागाँउमा भएको कार्यक्रममा बोल्दै देवकोटाले यस्तो बताउनुभएको हो ।

आगामी निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको देवकोटाको भनाई छ ।

उच्च बनोवलकासाथ लोकतन्त्र बचाउन र संविधान कार्यान्वयनकालागि सम्पूर्ण लोकतान्त्रीक शक्तीहरु एक भएर लाग्न देवकोटाले अनुरोध पनि गर्नुभयो ।

‘निर्वाचनकालागि कांग्रेसहरु एक भएको देखेर गठबन्धको मनोवल गिरिसकेको छ’ देवकोटाले भन्नुभयो– ‘उच्च बनोवलका साथ लोकतन्त्र बचाउन र संविधान कार्यान्वयनकालागि एक भएर गाँउगाँउ टोलटोलमा लग्नुस् ।’

देशको हरेक विकास र निकासमा कांग्रेसको अहम् भूमीका भएको पनि देवकोटाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*