Home / समाचार / कांग्रेसले बनायो क्षेत्र नम्बर १ मा चुनावी समिति

कांग्रेसले बनायो क्षेत्र नम्बर १ मा चुनावी समिति

देउखुरी, २१ कार्तिक
नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आसन्न प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी अभियान अन्तर्गत विभिन्न समितिहरु निर्माण गरेको छ ।

आज बसेको क्षेत्रीय समितिले प्रतिनीधिसभा तथा प्रदेश सभाका लागि लागि दर्जन बढि समितिहरु निर्माण गरेको हो । जसअनुसार प्रतिनीधिसभा तर्फ केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार पार्वति डिसी चौधरीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

हरिहर शर्माको संयोजकत्वमा हरिहर शर्माको संयोजकत्वमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरि योगेन्द्र चौधरीको संयोजकत्वमा कानुनी परामर्श समिति बनाईएको छ भने बासुदेव जंगलीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

यसैगरि देवेन्द्र बस्नेतको संयोजकत्वमा सुचना तथा सञ्चार समन्वय समिति निर्माण गरिएको छ । राजेश क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक समिति,किरण पौडेलको संयोजकत्वमा युवा परिचालन समितिको निर्माण गरिएको छ । यसैगरि खिमादेवी रिजालको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ भने सन्तोष बुढाथोकीको संयोजकत्वमा यातायात व्यवस्थापन समिति निर्माण गरिएको छ ।

यसैगरि लाल मोहम्मद मियाको संयोजकत्वमा आर्थिक एबं कृष्णकिशोर घिमिरेको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको छ ।

यसैगरि प्रदेशसभा तर्फ १ मा अनुप थापाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । नारायण विसीको संयोजकत्वमा आर्थिक समिति,देवनारायण चौधरीको संयोजकत्वमा समन्वयात्मक समिति,र बालचन्द्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै प्रदेशसभा २ तर्फ मधु न्यौपानेको संयोजकत्वमा मधु न्यौपाने, दिनेश गिरीको संयोजकत्वमा आर्थिक समिति,कर्णवहादुर बुढाथोकीको संयोजकत्वमा समन्वयात्मक समिति र प्रदीप बस्नेतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

आवश्यक्ता अनुसार चुनावी अभियानका लागि थप समितिहरु निर्माण गर्दै जाने क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् । बैठक क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको थियो ।

यसैविच क्षेत्र नम्बर १ ले भोली देखि चुनावी प्रचार प्रसार सुरु गर्ने भएको छ । भोली क्षेत्र नम्बर १ को धारापानी मन्दिरबाट उम्मेदवारहरुले आशिर्वाद लिएर प्रचार प्रसार सुरु गर्ने पाण्डेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*