Home / Feature Breaking news / मिस लिटिल नेपाल–२०७४ कि बिजेता यांशु श्रेष्ठलाई सम्मान

मिस लिटिल नेपाल–२०७४ कि बिजेता यांशु श्रेष्ठलाई सम्मान

घोराही,१९ कार्तिक ।मिस  लिटिल नेपाल–२०७४ कि बिजेता यांशु श्रेष्ठलाई घोराहीमा बधाई ज्ञापन तथा सम्मान गरिएको छ । उत्सर्ग फिल्मस् नेपालको आयोजनामा आइतवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा दाङ घोराही निवासी श्रेष्ठलाई सम्मान गरिएको हो ।
श्रेष्ठलाई सम्मान गर्न कार्यक्रममा दाङ क्षेत्र नं. २का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेपाल सरकारका उपप्रधान तथा विना विभागिय मन्त्री कृष्णबहादुर महरा, क्षेत्र नं.२ (क)का उम्मेदवार नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री शंकर पोख्रेल,नेपाली काग्रेसका नेता तथा क्षेत्र नं.२ वाट प्रतिनिधिसभा उमेदवार नेपाली काग्रेसका युवा नेता तथा निवर्तमान सांसद राजु खनाललगायतका नेताहरुले अविर,टिका र खादा ओढार बधाई एव सम्मान गरेका गरेका थिए ।
उत्सर्ग फिल्मस् नेपालका प्रवन्धक निर्देशक केएल पीडितको अध्यक्षता तथा उपप्रधान तथा विनाविभागीय मन्त्री कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै महराले यांशुले कलाका माध्यमवाट जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सफल भएको बताए । देशको राजनीतिक समृद्धिसँगै जिल्लाको आर्थिक समृद्धिकालागि लुकेर रहेका कला सस्कृतिलाई माथि उठाउनुपर्ने महराले बताए । पश्चिम नेपालकी कलाका क्षेत्रमा दाङ उत्कृष्ठ जिल्ला रहेको समेत बताएका थिए ।
त्यस्तै एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री शंकर पोख्रेलले कला सस्कृतिको संरक्षणमा सवैले आ–आफनो ठाउँवाट लाग्नुपर्ने बताए । नेपाली काग्रेसका युवा नेता तथा निवर्तमान सांसद राजु खनालले दाङ कला सस्कृतिको उर्भर भुमि भएको भन्दै कला सस्कृतिको संरक्षणका लागि आफुले पहल गर्ने बताए ।
उत्सर्ग फिल्मस् नेपालका सल्लाहकार सुदीप गौतमको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल,नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सनिव प्रियासनलगायतकाले विजयी श्रेष्ठलाई बधाई एव सम्मान व्यक्त गरेका थिए । केही दिन पहिले काठमाण्डौमा सम्पन्न लिटिल मिस नेपाल–२०७४ को प्रतियोगितामा श्रेष्ठले सहभागी एक सय बढि प्रतिष्प्रधीहरुलाई पछि पार्दै उपाधि जितेकी थिईन ।यांशु श्रेष्ठकी आमा कल्पना श्रेष्ठले जानकारी गराएको कार्यक्रमको सञ्चालन पत्रकार नरेन्द्र केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*