Home / समाचार / तरुण दल दाङद्धारा १ हजार १ सदस्यीय युवा परिचालन समिति गठन

तरुण दल दाङद्धारा १ हजार १ सदस्यीय युवा परिचालन समिति गठन

घोराही, १९ कार्तिक
तरुण दल दाङले आगामी निर्वाचनकालागि युवा परिचालन समिति गठन गरेको छ । जिल्ला समितिको आज घोराहीमा बसेको बैठकले जिल्ला अध्यक्ष टिका घर्ति संयोजक रहेको १ हजार १ सदस्यीय युवा परिचालन समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा जिल्ला पदाधिकारी र सदस्यहरु, क्षेत्रीय, गाँउपालिका, नगर तथा वडाका पदाधिकारी एवं सदस्यहरु रहनेगरि समिति गठन गरिएको छ ।

जिल्ला अध्यक्ष टिका घर्तिको अध्यक्षतामा बसेको बैठकले प्रतिनीधीसभा एवं प्रदेश सभाकालागि संयोजक तोकेर जिम्मेवारी दिईएको छ ।

क्षेत्र नम्बर नम्बर १ मा प्रतिनीधी सभाकालागि किरण पौडेल, (क) मा प्रशान्त डिसी, (ख) मा सन्तोष बुढाथोकी, क्षेत्र नम्बर २ को प्रतिनिधी सभामा विमलमान श्रेष्ठ र दिपेन शाही, (क) मा सन्तोष रेग्मी, (ख) मा टिका थापा, क्षेत्रनंम्बर ३ मा विशालजंग शाह र सुरेन्द्र हमाल, ३ को (क) बसन्तकुमार खड्का, (ख) मा धुव्र आचार्यलाई जिम्मेवारी तोकीएको छ ।

वैठकले रिक्त रहेको सचिवमा धुव्र आचार्य, सदस्यहरुमा भोला बुढाथोकी, टिका थापा, जुनकुमारी थापा मगर, सुरेन्द्र हमाल, प्रवल विष्ट रहनुभएको छ ।

यस्तै कांग्रेस साविक क्षेत्र नम्बर ४ का निवर्तमान सहसचिव श्याम योगीको गत कार्तिक १८ गते भएको अशामयीक निधनप्रति दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*