Home / Feature Breaking news / दाङमा आठ जनाको उम्मेदवारी फिर्ता

दाङमा आठ जनाको उम्मेदवारी फिर्ता

घोराही,१९कार्तिक। दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरुले उमेद्धवारी फिर्ता लिएका छन । निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने दिएको समयसिमा भित्र एक प्रतिनिधिसभाका उम्मेदवारसहित सात जना प्रदेशसभाका उम्मेदवारहरुले निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।
जसअन्तर्गत प्रतिनिधिसभाका लागि आफनै पार्टीका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी नेकपा एमालेकी नेतृ तथा गायिका कोमल ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन । त्यस्तै क्षेत्र नम्वर ३ (क)मा आफ्नै पाटीका उमेदवार विरुद्ध बागी उमेदवार बनेका नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य कुवेर ओलीले पनि बागी उम्मेदवारी फिर्ता लिएका हुन ।

यसैगरि क्षेत्र नम्वर २ (क)का राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उमेदवार इश्वरीप्रसाद शर्माले काग्रेसका उमेदवार कमलकिशोर घिमिरेलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।
त्यस्तै क्षेत्र नं. ३ (ख)वाट गेदलाल भण्डारी र भूपाल रावत,क्षेत्र नं.२ (क) वाट रामबहादुर भण्डारी,क्षेत्र नम्वर १ –ख)मा स्वतन्त्र उमेदवारी दिएका जगनारायण चौधरी र क्षेत्र नम्वर ३ (क)वाट हरिभक्त भण्डारीले आफ्नो उमेदवारी फिर्ता लिएका मुख्य निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*