Home / समाचार / जेष्ठ नागरिक समिति गठन

जेष्ठ नागरिक समिति गठन

यमकला भुसाल
तुलसीपुर, १७ कार्तिक
तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ र ७ मा विहीवार वडा स्तरिय जेष्ठ नागरिक समिति गठन गरीएको छ । नगर स्तरिय समितिका अध्यक्ष ललित बहादुर वलीको अध्यक्षतामा भएको भेलाले वडा नं। ५ मा भिम बहादुर केसीको अध्यक्षतामा ११ सदस्यिय वडा समिति गठन गरेको हो ।
समितीको उपाध्यक्षमा रमा डाँगी, सचिवमा दरिमान डाँगी र कोषाध्यक्षमा गंगा हमाल र सहसचिवमा सरला लामीछानेलाई चयन गरिएको छ । त्यसैगरी समितिको सदस्यमा हरिबहादुर विक, दिया पुन, सुमित डाँगी, क्षेत्र बहादुर हमाल, कुल बहादुर भण्डारी, कमला चन्द रहनु भएको छ ।
समितिको सल्लाहकारमा सुमन थापा, जयपृथ्वी शाह, खिम नारायण श्रेष्ठ, कासीराम भुसाल, पम्फी भुसाल चयन हुनु भएको छ । यस्तै वडा नं। ७ मा पनि वडा स्तरिय जेष्ठ नागरिक समिति गठन गरीएको छ । ललित बहादुर वलीको अध्यक्षता एवं वडा अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यता भेला सम्पन्न भएको थियो । भेलाले ईन्दिरा शर्माको अध्यक्षतामा ११ सदस्यिय वडा समिति गठन गरेको छ ।
जसमा उपाध्यक्ष महानप्रसाद भुसाल, सचिव लिना शर्मा, कोषाध्यक्ष राधादेवी न्यौपाने र तुलाराम भुसाल सहसचिवमा चयन हुनु भएको छ ।
त्यतैगरी सदस्यमा देव बहादुर बाँठा, बालाराम शर्मा, पोषणराज वली, हुमा परियार, शालिकराम भण्डारी, हिमलाल भुसाल रहनु भएको छ । सो अवसरमा बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी र नगर सदस्य बालाराम रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो । भेलाको सहजीकरण नगर समितिका सचिव शेषमणि रिजालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*