Home / समाचार / मजदुर उपभोक्ता सहकारीको छैँठौ साधारण सभा सम्पन्न

मजदुर उपभोक्ता सहकारीको छैँठौ साधारण सभा सम्पन्न

दाङ, १५ कार्तिक ।
सहकारीको माध्यमबाट सामाजिक विकास गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । मजदुर उपभोक्ता सहकारी सस्था लिमिटेडको छैठौ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले सहकारी सामाजिक विकासको आधार भएको बताएका हुन् ।

सस्थाका अध्यक्ष साउने नेपालीको अध्यक्षता तथा राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख नारायण बेल्बासेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको होे । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रविलाल घर्ति, १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, राप्ती बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा सदस्य कष्णप्रसाद भण्डारी आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सचिब बाबुराम पाण्डेले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष जगत दर्लामीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नवीन अभिलाषीले गर्नुभएको थियो । कार्यक्रममा बृद्धा दिलकुमारी घर्ति र एकल महिला खिमा पुनलाई सम्मान गरीएको थियो भने असल बचतकर्ताको तर्फबाट लक्ष्मी नेपालीलाई उपहार प्रदान गरीएको थियो ।

साथै सहकारीको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरीएको छ । साथै भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको हो । जस्को उपाध्यक्षमा जगत दलामी, सचिबमा बाबुराम पाण्डे, कोषध्यक्षमा नवीन अभिलाषी, सहसचिबमा पारस बस्नेत रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा यादब सैघाली, सुशिला लस्माल, फुलमती नेपाली, सुन्दर प्रसाद चौधरी, अंगतकुमार नेपाली, करुणा पाण्डेय, पुर्णबहादुर सुनार र सीता नेपाली रहनु भएको छ । सल्लाहकारहरुमा साउने नेपाली र ऋषिराज पोखरेलले रहनु भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*