Home / Feature Breaking news / निर्वाचनलाई पर्वको रुपमा सफल बनाउन प्रशासनको अनुरोध

निर्वाचनलाई पर्वको रुपमा सफल बनाउन प्रशासनको अनुरोध

दाङ, १५ कार्तिक
जिल्ला प्रशासन कार्यालय दाङले आगमी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनलाई पर्वको रुपमा सफल बनाउन सम्पूर्णमा अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले वुधवार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो अनुरोध गरेको हो ।

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठले सबैको सहयोगले मात्र निर्वाचन स्वच्छ र शान्ति पुर्ण निर्वाचन हुने भएकाले सवैले सहयोग गर्नु पर्ने बताए ।

समाचार संप्रेषण गर्दा सम्वन्धीत निकाय संग वुझेर मात्र वाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

श्रेष्ठलेसाना कुराले पनि ठुलो रुप लिने भएकाले संचेत हुन अनुरोध गर्नुभयो । उनले दलहरुले आचार संहिता पालना गरे नगरेको वारेमा पनि कसै प्रति पुर्वाग्राही नभइ रिपोर्टिङ गरिदिन समेत आग्रह गरे ।

राजनितीक दलहरुले आचार संहिता पालना गरेर अगाडि बढ्न प्रतिवद्धता जनाएको समेत प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जिल्लामा ६ वटा केन्द्रलाई अति संवेदनशिल, १ सय २८ वटालाई संवेदनशिल र १७ वटालाई सामान्य स्थलका रुपमा लिएको बताईन । जिल्लामा १ सय ५१ वटा मतदान स्थल रहेका छन् ।

निर्वाचनका लागि १ हजार ९२ जना नेपाल प्रहरी खटाइने छ । जिल्लामा नपुग हुने प्रहरी जिल्ला वाहिरवाट समेत ल्याईने छ । जिल्लाका ८ सय ३१ जना र बाहिरबाट २ सय ५१ जना ल्याउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनकालागि १ हजार ५ सय ९३ जना म्यादी प्रहरीले तालिम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसैबीच
जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हात हतियार नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयका वुझाउन सबैलाई आग्रह गरेको छ ।

चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन गर्नका लागि हात हतियार बुझाउन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*