Home / Feature Breaking news / अल्लोका सामाग्री बनाउदै महिला समूह

अल्लोका सामाग्री बनाउदै महिला समूह

घोराही, १२ कार्तिक
जनउत्थान विकास समाज केन्द्र दाङले स्थानीय सीप र प्रविधीलाई सदुपयोग गर्दै महिलाहरुलाई आत्मनिर्भर बन्नकालागि तालिम सञ्चालन गरेको छ ।

जिल्लामा सञ्चालित द्धन्दप्रभावितहरुकालागि बजार निर्माण परियोजना कार्यक्रम अन्तरगत जिल्लामा गठन भएका विभिन्न महिला समूहका सदस्यहरुलाई तालिममार्फत सीप सदुपयोग गर्दै आत्मनिर्भर बन्न उत्पेरित गर्न तालिक आयोजना गरिरहेको केन्द्रका कार्यकारी प्रमुख कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।

गरिवी निवारण कोषको आर्थिक सहयोगमा जनउत्थानमार्फत जिल्लामा सञ्चालन भएको द्धन्दप्रभावितहरुकालागि बजार निर्माण परियोजना कार्यक्रम अन्तरगत विभिन्न गाँउहरुमा गठीत अल्लो उत्पादन संघ अन्तरगतका महिला समूहका प्रतिनीधीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम घोराहीमा सम्पन्न भएको छ ।

तालिमको आज आईतवार सम्पन्न भएको छ । समूहका प्रतिनीधीहरुलाई अल्लोबाट विभिन्न सामाग्री निर्माण गर्न सिकाईएको थियो । हस्तकला महासंघका ओमसागर श्रेष्ठले तालिममा सहभागिहरुलाई प्रयोगात्मक रुपमा सिकाईएको थियो ।

स्थानीय सिप र प्रविधीमा आधारित सिपलाई अभिवृद्धि गर्ते उद्धेश्यले तालिमको आयोजना गरिएको गरिवी निवारण कोषका जिविकोपार्जन वित्त विशषज्ञ कृष्णरमण अधिकारीले जानकारी दिनुभयो ।

तालिममा जिल्लामा गठन भएका ७ अल्लो समूहका प्रतिनीधीहरुको सहभागीता रहेको थियो । उनीहरुले समूहमा गएर अन्य महिलाहरुलाई सिप सिकाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*