Home / Feature Breaking news / दाङमा उत्पादनको २० प्रतिशत मह मात्र खपत

दाङमा उत्पादनको २० प्रतिशत मह मात्र खपत

अमरराज आचार्य
दाङ, १२ कार्तिक
जिल्लामा उत्पादन हुने महको २० प्रतिशत मात्र जिल्लामै खपत हुने गरेको छ । अन्य ८० प्रतिशत मह वाहिरी जिल्लामा जाने गरेको जिल्ला माहुरी मालन महासंघ दाङले जनाएको छ ।

जिल्लामा मह उत्पादन भए पनि मह खानेहरुको सङख्या भने कम रहेको जिल्ला माहुरी पालन महासंघका अध्यक्ष विष्णुराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लामा वार्षिक २ सय ७५ देखि ३ सय मेट्रिक टन उत्पादन हुने गरेको छ । गएको वर्ष ३ सय मेट्रिकटन मह उत्पादन भएको थियो ।

यसरी उत्पादन भएको मह जिल्लामा खपत नभए पछि वाहिरी जिल्लामा पठाईने गरेको छ ।

जिल्लावाट मह काठमाडौ र पोखराका शहरहरुमा वढी जाने गरेको श्रेष्ठको भनाई रहेको छ । केही मात्रामा देश वाहिर सम्म मह जाने गरेको छ । उनले भने‘ जिल्लामा खपत नभए पनि वजारको समस्या छैन’ ।

महको महत्व नवुभदा मह नखाने गरेको अध्यक्ष श्रेष्ठले बताए । अहिले जिल्लामा प्रसोधित मह प्रतिकेजि ४ सय रुपैया र प्रशोधन नगरीएको ३ सय रुपैयामा विक्री हुने गरेको कृषकहरु बताउछन् ।

पछिल्लो समयमा जिल्लामा नै मह प्रसोधन हुन थालेको छ । जिल्लामा हाल ६ सय जना कृषकहरुले माहुरी पालन व्यवसाय गदै आएको माहुरी पालन महासंघ दाङले जनाएको छ ।

जिल्लामा हाल करिव १० हजार माहुरीको गोला रहेको अध्यक्ष श्रेष्ठले बताए । दाङ जिल्ला माहुरी पालनको लागि उपयुक्त जिल्ला रहेको छ । अध्यक्ष श्रेष्ठले भने‘ दाङ माहुरी पालनको लागि अन्य जिल्ला भन्दा उत्कृष्ट जिल्लाको रुपमा रहेको छ’ । तर त्यसको सदुपयोग हुन सकेको छैन् ।

जिल्लामा माहुरी चराउनका लागि वर्षनी साल वाहिर वाट ल्याउने गर्दछन् । जिल्लामा चिउरी तथा तोरी खेती वाट वढी मह उत्पादन हुने गर्दछ । चिउरीको मह विदेशमा समेत पुग्ने गरेको छ ।

तर पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र मासिदै जानु, जङगलमा रहेका चिउरीका रुखहरु पनि घटदै जादा चरमा समस्या हुन थालेको माहुरी पालन महासंघले जनाएको छ ।

बहु उपयोगी महलाई यसमा धेरै गुणहरूको आधारमा अमृत पनि भन्ने गरीन्छ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महत्वपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महत्व पुर्ण मान्छि ।

शक्ति बर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण (धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो सहयोग मिल्ने यसका जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*