Home / मनोरञ्जन / दाङकी याङ्सु बनिन् राष्ट्रिय लिटिल मिस

दाङकी याङ्सु बनिन् राष्ट्रिय लिटिल मिस

घोराही उपमहानगरपालिका १५ की याङ्स श्रेष्ठ ‘लिटिल मिस नेपाल’ घोषित भएकी छिन् । शनिवार भएको फाइनलमा प्रतिस्पर्धीलाई पछि पारेर श्रेष्ठ आठौ लिटिल मिसको उपाधि हात पारेकी हुन् ।

मिडिया ल्याण्ड नेपालले गरेको प्रतियोगितामा देशभरका १ सय १० जना प्रतिष्पर्धी थिए । विजेता श्रेष्ठ २०१७ विश्व लिटिल मिसमा भाग लिन पाउने भएकी छिन् । २०१७ को विश्व लिटिल मिस प्रतियोगिता ट्रकीमा हुदैछ ।

त्यो सँगै उनले २ लाख नगद र अन्य उपहार समेत प्राप्त गरेको आमा कल्पना श्रेष्ठले जनाएकी छिन् । प्रतियोगितामाश्रेष्ठ थारु पहिरणमा आफनो प्रस्तुती राखेकी थिइन । उनले वेष्ट क्याटवाक र मोष्ट ट्यालेण्टको उपाधि समेत हात पारेकी छिन् । ११ वर्षीय श्रेष्ठ काठमाडौको निजी विद्यालयमा कक्षा ४ मा अध्ययनरत्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*