Home / Feature Breaking news / नारायणपुर खानेपानीको आयोजना मन्त्रालयद्धारा अनुगमन

नारायणपुर खानेपानीको आयोजना मन्त्रालयद्धारा अनुगमन

नारायणपुर, ११ कार्तिक
नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको मन्त्रालयबाट अनुगमन भएको छ । समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको खानेपानी तथा सरसफाई मन्त्रालयबाट अनुगमन भएको हो ।

2

हालसम्म भएको कामको अनुगमनमा खानेपानी तथा सरसफाई मन्त्रालय सहित जिल्ला खानेपानी डिभिजन एवं अन्य जिल्लाका खानेपानी डिभिजनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० झरवैरामा निर्माणधिन रहेको ओभरहेड ट्यांकको अनुगमन गरिएको थियो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बि.सीको नेतृत्वमा रहेको टोलीले हालसम्म भएका कार्यहरुको अनुष्मन गरेको गर्नुकासाथै आयाजनाबारे जानकारी लिएको थियो ।

त्यस अवसरमा नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले नेपाल सरकारको सहयोगमा निर्माणाधीन अवश्यामा रहेको सह लगानी आयोजनामा उपभोक्ताहरुको ३० प्रतिशत लगानी रहेको जानकारी दिनुभयो ।

कुल १५ करोड १४ लाख, १९ हजार ३ सय ३२ रुपैयाको लागनमा निर्माण भईरहेको यस आयोजना सम्पन्न भएपश्चात घोराही उपमहानगरपालिका वडा नम्बर ८, ९, १०, ११ र १२ का ३ हजार बढि घरधुरी सुद्ध खानेपानीबाट लाभान्विन हुने बताउनुभयो ।

उहाँले १४ हजार बढि ८५ जनसंख्या यस आयोजनाबाट लाभान्वित हुने जानकारी दिनुभयो । यसका साथै नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बरुवागाँउमा पनि १५ करोड बढिको लगानीमा अर्को आयोजना निर्माण गरिरहेको जानकारी दिनुभयो ।

1

अनुगमन पश्चात खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बि.सीले यस खानेपानी आयोजनाको काम तीव्र गतिमा भईरहेको पाईएको बताउनुभयो । सम्झौता अनुसार काम भएको भन्दै उहाँले समयमै काम सम्पन्न गर्न अनुरोध गर्नुभयो । ‘यस नारायणपुर खानेपानी समितिको खानेपानी आयोजना एकदम सन्तोषजनक रुपमा अगाडी बढिरहेको छ ।’ उहाँले भन्नुभयो– ‘यसलाई सम्झौता अनुसार समयमै सम्पन्न गर्नुहोला ।’

अनुगमनका क्रममा खानेपानी समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण) लगायत युवाहरुले नेतृत्व गरेको नारायणपुर खानेपानी समितिले उत्कृष्ट काम गरेको सहभागीहरुले बताएका थिए ।

4

त्यस अवसरमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सह–सचिव शंकर सुवेदी क्षेत्रिय अनुगमन तथा सुपेरीवेक्षण कार्यालय सुर्खेतका क्षेत्रिय निर्देशक चन्द्रबहादुर के.सी, खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धिताल, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय बर्दियाका प्रमुख दिलिप शाह, खानेपानी तथा ढल निकास विभागका शाखा अधिकृत भक्तबहादुर शाह, खानेपानी तथा सरसफाइ मन्त्रालयका इन्जीनियर नरेश रेग्मी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका इन्जीनियर तिलक न्यौपाने, प्रावीधिक गजेन्द्र बहकरी, घोराही उ.म.न.पा. वडा नं. ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी, नारायणपुर उद्योग बाणिज्य संघ नारायणपुर दाङका अध्यक्ष महेन्द्र कुमार दाहालको उपस्थिति रहेको थियो ।

यस्तै सिद्ध रत्न नाथ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतमणि खनाल, समितिका सल्लाहकाहरू केशवकुमार पाण्डे, बिष्णु कुमार दाहाल एवं टेकबहादुर डाँगी, कमल वली, धरम बहादुर बस्नेत र समितिका पूर्व सल्लाहकार प्रेम बहादुर डाँगी, पूर्व सदस्य एकराज शर्मा, समितिका सचिव सन्तोष के.सी, कोषाध्यक्ष महेश लस्साल, सदस्यहरू विजय थापा, गहनी चौधरी, बसन्त न्यौपाने, योगेन्द्र बस्नेत, प्रकाश सुवेदी, बालचन्द्र बुढाथोकी, समाजसेवी मान बहादुर बस्नेत, चन्द्र एण्ड बसन्त कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधीहरू, समितिका कर्मचारी उर्मिला न्यौपाने, बसन्ता वस्नेत, ललिता डि.सी एवं उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण)को अध्यक्षता एवं खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बि.सीको प्रमुख आतिथ्गयमा भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष रेशमबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण समितिका महासचिव अशोक शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*