Home / समाचार / प्रेस चौतारी दाङको अधिबेसनको तयारी सुरु

प्रेस चौतारी दाङको अधिबेसनको तयारी सुरु

दाङ, ९ कार्तिक
प्रेस चौतारी नेपाल दाङले अधिबेसनको तयारी सुरु गरेको छ । जिल्ला अधिबेसनका लागि सदस्यता वितरण तथा नविकरण गर्न सुरु गरेको छ । आगामी निर्वाचन अगाडी नै दाङ शाखाको अधिबेसन सम्पन्न गर्ने गरी तयारी सुरु गरीएको प्रेस चौतारी नेपाल दाङका सचिब बसन्त विवश आचार्यले बताउनुभयो ।

चौतारी दाङको आज घोराहीमा बसेको बैठकले कार्तिक १७ गते सम्म सदस्यता वितरण, नवीकरण गर्ने र आगामी १८ गते बस्ने बैठकले अधिबेसनको मिति तोक्ने निर्णय गरेको छ । सदस्यता नविकरण तथा वितरणका लागि देउखुरीमा सहसचिब दशरथ घिमिरे, घोराहीका कोषाध्यक्ष ईन्द्र डिसी, तुलसीपुरमा सचिब बसन्त आचार्य र हापुरेमा सदस्य बालकृष्ण पाण्डेलाई जिम्मेवारी दिईएको छ ।

जिल्ला शाखा अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा नेकपा एमाले पेशागत कमिटि ईन्चार्ज शरद अधिकारी र प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा बैठक बसेको हो ।

बैठकले संघीय तथा प्रादेशिक निर्वाचनका सन्दर्भमा भएको बाम एकतालाई मध्यनजर गरेर दाङका प्रेस सेन्टर तथा प्रगतिशील पत्रकार लगाएत संघ चुनावि प्रचारप्रसारका लागि छलफल गर्ने निर्णय समेत गरेको छ ।

छलफल तथा समन्वय गर्नका लागि बैठकले पदाधिकारीलाई जिम्मा दिएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले दाङका उपसचिब सुरामणी बेल्बासेले आगामी निर्वाचन नेपाली कम्युनिष्ठको परिक्षा भएकाले पत्रकारिताको माध्यमबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।

बैठकमा जिल्ला सल्लाहकार तथा पुर्वअध्यक्ष सुदर्शन रिजाल र दुर्गालाल केसी लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*