Home / Feature Breaking news / दाङमा ३ लाख ३८ हजार मतदाताः ४७ हजार थपिए

दाङमा ३ लाख ३८ हजार मतदाताः ४७ हजार थपिए

अमरराज आचार्य
दाङ, ९ कार्तिक
दाङमा मतदाताको संख्या ३ लाख भन्दा बढि पुगेको छ । जिल्लामा ३ लाख ३८ हजार ९ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जसमा पुरुष १ लाख ६६ हजार १ सय १८ जना, महिला १ लाख ७२ हजार ८ सय ३३ जना र तेस्रो लिङगी २ जना रहेको निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । गएको गएको स्थानिय तहको निर्वाचनमा २ लाख ९१ हजार १ सय ७२ जना रहेका थिए । जसमा पुरुष १ लाख ४३ हजार ४ सय ५६ जना, महिला १ लाख ४७ हजार ७ सय १४ जना र तेस्रो लिङगी २ जना रहेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।

स्थानिय तहको निर्वाचनमा भन्दा मतदाता वढेपछि मतदान केन्द्र समेत जिल्लामा बढेको छ । संघ र प्रदेशको लागि मतदान स्थल १ सय ५१ वटा र मतदान केन्द्र ३ सय ९४ वटा निर्धारण गरीएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी कुवँरका अनुसार प्रदेश र संघको निर्वाचनका लागि गढवा गाऊ पालिकामा २४ हजार ४ सय ५४ जना मतदाता रहेका छन् । घोराही उप महानगर पालिकामा ९४ हजार २ सय ३७ जना, तुल्सीपुर उप महानगरपालिकामा ८७ हजार १ सय २ जना, दंगीशरण गाऊ पालिकामा १५ हजार ५३ जना रहेका छन् ।

त्यसै गरेर बवंगलाचुली गाऊपालिकामा १२ हजार ३ सय, वर्वइ गाऊपालिकामा १७ हजार ९ सय ५१ जना , राजपुर गाऊपालिकामा १२ हजार ३ सय १५ जना, राप्ति गाऊ पालिकामा २८ हजार ६८ जना रहेका छन् । यसै गरी लमही नगरपालिकामा ३० हजार ९१ जना, शान्ति नगर गाऊपालिकामा १७ हजार ३ सय ८२ जना मतदाता रहेका छन् ।

जिल्लामा संघको लागि ३ वटा निर्वाचन क्षेत्र र प्रदेशका लागि ६ वटा निर्वाचन केन्द्र रहेका छन् । जिल्लामा संघ प्रदेशको निर्वाचन मंसिरको २१ गते निर्वाचन हुदै छ । भने मंसिर १६ गते मनोनयन दर्ता हुने भएको छ ।

जिल्लामा मतदातालाई शिक्षा प्रदान गर्नेका लागि २२ गते वाट मतदाता स्यंमसेवक परिचालन गरीने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए । जिल्लामा ३ सय ९४ जना मतदाता शिक्षक स्वयसेवक परिचालन गरीने छ । त्यकालागि छनोटको तयारी समेत गर्ने थालिएको छ ।

कार्यालयका महिला स्वास्थ्य स्वय सेवीका, सामाजिक परिचालक नपुग भएमा सामुदायिक विद्यालयका शिक्षकहरुलाई परिचालन गर्ने जनाएको छ ।

यसैबीच निर्वाचनको सुरक्षाको तयारी सुरु भैसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसकालागी तीन तहको सुरक्षा व्यवस्थापन गरीने जिल्ला सुरक्षा समितिले जनाएको छ । थप सुरक्षाकालागी करीव पन्ध्र सय म्यादी प्रहरी भर्ना गर्ने पनि तयारी भएको छ । त्यसैगरी जिल्लामा रहेका नेपाल प्रहरी र शशस्त्र प्रहरी समेत परीचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*