Home / Feature Breaking news / दाङ उवासंघद्धारा बहुउदेश्य सभागृह निर्माण सुरु

दाङ उवासंघद्धारा बहुउदेश्य सभागृह निर्माण सुरु

दाङ, ८ कार्तिक
घोराहीमा वहुदेश्य सभा गृह भवन निर्माण सुरु भएको छ । वहु उदेश्य सभा गृह निर्माण २६ करोड ७७ लाखको लगानीमा निर्माण हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले जानकारी दिए ।

सभा गृहको निर्माणको जिम्मेवारी वंगलामुखी गौरी पार्वती निर्माण कम्पनीले पाएको छ । वहु उदेश्य सभा गृह ३ तलाको हुने र १ हजार जना अट्ने क्षमता हुने अध्यक्ष भुसालले जानकारी दिए ।

सभा गृह निर्माणका लागि उद्योग वाणिज्य संघले महोत्वस आयोजना गरेको थियो । संघले २०६९ सालको महोत्वसवाट ५१ लाख र २०७२ सालको महोत्सववाट २४ लाख ९९ हजार रकम उक्त स्थानमा व्यवस्थापनमा खर्च गरेको अध्यक्ष भुसालले बताए । यो रकम सुकुम्वासीहरुको व्यवस्थापनमा खर्च गरेको थियो ।

वहु उदेश्य सभा गृह ३० महिनामा कार्य सम्पन्न गर्ने सम्भौता रहेको छ । उक्त भवन १९ कट्टा १७ घुर जग्गामा निर्माण हुन थालिएको हो । सभा गृहको शिल्यान्यास भने २०६९ सालमा भएको थियो । शिल्यान्याल भएको लामो सयम पछि निर्माण कार्य सुरु हुन थालेको हो ।

सरकारले ठेक्का आवहान गर्ने र सुकुम्वासीको व्यवस्थापन तथा अन्य विभिन्न समस्याको कारण निर्माण कार्य ढिलो भएको अध्यक्ष भुसालले जानकारी दिए । निर्माण सुरु भए सँगै निर्माण कार्यले तिव्रता पाउने अध्यक्ष भुषालले बताए । उनले भने‘ निर्माण कम्पनीले समयमै कार्य सम्पन्न गर्ने विश्वास लिएका छौ’ ।

निर्माण कम्पनीले अन्य स्थानमा गरेको काम समयमै सम्पन्न गरेको पाइएकोले यो काम पनि समयमा नै सम्पन्न हुने विश्वस रहेको उवासंघले बताएको छ । निर्माण कम्पनी बंगलामुखी गौरी पार्वती निर्माण कम्पनीका सञ्चालक रामकुमार थापाले काम लाई तीव्रता दिने बताए । उनले भने ‘हामीले दिएको सयम भन्दा पहिले काम सक्ने गरी काम गर्ने छौ ।’

असारमा सम्भौता भए पनि निरन्तर वर्षा र ठुला चार्ड पर्वको कारण केही ढिला काम सुरु हुन थालेको उनको भनाई छ । ढिला सुरु भए पनि समयमै काम सम्पन्न हुने थापाले प्रतिवद्धता व्यक्त गरेका छन् । थापाले भने–‘हामीले २० महिना भित्र काम सम्पन्न गर्ने छौ’ ।

सभा गृह सोचे भन्दा छिटो निर्माण हुने थापाले बताए । त्यसकालाई स्थानिय स्तरमा वातावरण मिलाइदिन आग्रह गरे । उनले भने ‘काम गर्ने वातावरण वनाइ दिनुस हामी काम समयमा नै सक्ने छौ ।’

निर्माण कम्पनीले आफैले काम नगरेर अरुलाई काम दिदा काम समयमै सम्पन्न नहुने उनको भनाई रहेको छ । थापाले आफुले नै काम गर्ने समेत प्रतिवद्धता जनाए । सभा गृह निर्माण भए पनि जिल्लामा ठुला कार्यक्रम गर्ने समेत सहज हुने दाङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मधुसुदन वैद्यले बताए ।

उनले भने ‘ सभा गृह नहुदा ठुला कार्यक्रम गर्ने समेत सकिएको छैन’ । जिल्ला आर्थिक तथा पर्यटकीय विकासको संभावना वोकेको जिल्ला रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*