Home / Feature Breaking news / दाङमा ३ हजार ६ सय ४० ले म्यादि प्रहरीको लिखीत परिक्षा दिदै

दाङमा ३ हजार ६ सय ४० ले म्यादि प्रहरीको लिखीत परिक्षा दिदै

दाङ, ७ कार्तिक
आगमी मंसीर २१ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थकालागि भर्ना गरिने म्यादि प्रहरीको छनोट प्रक्रिया दाङमा चलिरहेको छ ।

जिल्लामा ४ हजार ९ सय ८५ जनाले फाराम भरेकोमा छनोट चरणको पहिलो चरण प्रारम्भिक स्वास्थ्य परीक्षण (बेरिङ टेस्ट तथा शारिरिक तन्दुरुस्ती) परीक्षामा ३ हजार ६ सय ४० जना उतिर्ण भएका छन् भने १ हजार ३ सय ४५ जना अनुतिर्ण भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण (बेरिङ टेस्ट तथा शारिरिक तन्दुरुस्ती) परीक्षाको नतिजा जिप्रका दाङको गेट अगाडि र प्रहरी बोर्डिङ स्कुल गुलरीयामा टाँसिएको र नेपाल प्रहरीको कन्ट्रोल नं. १०० मा फोन गरेर पनि जानकारी प्राप्त गर्न सकिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
छनोट चरण अन्तरगत लिखित परिक्षा आज मंगलवार हुने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*