Home / Feature Breaking news / देउसी भैलोमा जिल्ला प्रशासन कार्यालयको प्रतिवन्ध

देउसी भैलोमा जिल्ला प्रशासन कार्यालयको प्रतिवन्ध

दाङ, ५ कार्तिक
जिल्ला प्रशासन कार्यालय दाङले देउसी भैलो खेल्नमा रोक लगाएको छ ।

देउसी भैलो कार्यक्रममा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछी जिल्ला प्रशासन कार्यालय दाङले आज आईतवारबाट देउसी भैलो खेल्न प्रतिबन्द लगाएको छ ।

जिल्ला प्रसासन कार्यालयको आदेश अनुसार जिल्लाका विभिन्न स्थानमा प्रहरीले भैलो खेल्नमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भैलोका नाममा विकृति बढेको ब्यापक गुनासो आएको र भैलो खेल्ने क्रममा विवाद हुदाँ जिल्लामा एक जनाको हत्या भएकाले पनि भैलोमा रोक लगाएको उहाँले बताए । तिहार पनि सकीएकाले भैलो खेल्न आवश्यक नभएको पनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

जिल्लाको तुलसीपुर उपमहानगरपालीका वडा नं. १३ मा साजखुट्टीमा भैलो खेल्ने क्रममा चक्कु प्रहार हुँदा गयराति एक जनाको मृत्यु भएको थियो । राति करिब एक बजेको समयमा भैलो खेल्दै गर्दा चक्कु प्रहारबाट ३४ वर्षीय सेतीराम रेउलेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको विभिन्न स्थानमा भैलो टोलीबिच विवाद हुँदा विभिन्न ठाँउमा सामान्य झडप भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*