Home / Feature Breaking news / दाङका ३ स्थानबाट १९ जुवाडे पक्राउ

दाङका ३ स्थानबाट १९ जुवाडे पक्राउ

दाङ, २ कार्तिक
प्रहरीले दाङमा १९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार राति जिल्लाको पश्चीम हापुरे क्षेत्रबाट ७ जनालाई ६ हजार सहित, पक्राउ गरेको हो ।

यस्तै वुधवार राति घोराही उपमहानगरपालिका ५ बाट ८ जनालाई ७ हजार रुपैया सहित र विहीवार दिउसो घोराही १७ बाट ३ जनालाई नगद ६ हजार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले जानकारी दिनुभएको छ ।

चाडपर्वको नाममा हुने जुवा खेललाई रोक्नकालागि दाङ प्रहरीले सक्रियता बढाएको छ । दाङमा असोज १ गतेदेखी हालसम्म १ सय १२ जनालाई करिब ६ लाख सहित पक्राउ गरेको छ । A

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*