Home / Feature Breaking news / दाङ प्रहरीको टार्गेटमा जुवाडेः एक महिनामा ५ लाख ८० हजार सहित ९३ जना पक्राउ

दाङ प्रहरीको टार्गेटमा जुवाडेः एक महिनामा ५ लाख ८० हजार सहित ९३ जना पक्राउ

घोराही, १ कार्तिक
दाङ प्रहरीले चाडपर्वको समयमा हुने जुवातासलाई न्यूनिकरण गर्नका लागि विशेष सक्रियता थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक महिनामा जिल्लाका विभिन्न स्थानवाट ९३ जना जुवाडेहरुलाई ५ लाख ८० हजार ६ सय ५६ रुपैयासहित पक्राउ परेको बताएको छ ।

असोज १ देखि ३१ गतेसम्म घोराही क्षेत्रका सात स्थानवाट ५३ जना जुवाडेहरुसहित तीन लाख १८ हजार चार सय ८१ रुपैया र तुलसीपुर क्षेत्रवाट ४० जना जुवाडेसहित दुई लाख ६२ हजार एक सय ७५ रुपैया नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक निर्मल खत्रीले जानकारी दिए ।

जसअन्तर्गत सवैधन्दा धेरै रकम सहित प्रहरीले असोजको ३० गते राति घोराही उपमहानगरपालिका–१३ बाट १३ जना जुवाडेसहित १ लाख ४२ हजार एक सय १६ रुपैया नियन्त्रणमा लिएको उनले बताए ।

घोराही उपमहानगरपालिका–८ वेलुवाबाट आठ जना जुवाडेसहित ३५ हजार एक सय ६०, घोराही उपमहानगरपालिका–१४ वटा पाँच जुवाडेसहित २४ हजार सात सय ५५, घोराही उपममहानगरपालिका–२ बाट ६ जना जुवाडेसहित ५० हजार ७० रुपैया, घोराही–१८ बाट ६ जुवाडेसहित १७ हजार एक सय ५५, घोराही–१० बाट ११ जना जुवाडेसहित २५ हजार एक सय ५५ र घोराही–४ वाट ६ जना जुवाडेसहित २४ हजार ७० रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ । प्रक्राउ पर्नेमा घरमा संगठित रुपमा जुवा खेलाउने एक जना महिला पनि रहेको प्रहरीले जनाएको छ ।

दाङमा जुवातास खेल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताईन । प्रहरीले जिल्लामा जुवातास खेलाउने र खेल्ने दुवैलाई पक्राउ गरेपनि अझैपनि लुकीछिपी खेल्ने गरिरहेको उनले बताईन् ।

जुवातासका कारण ठुलो धनको नाससँगै घरमा झागडासमेत हुने भएका कारण जिल्ला प्रहरी कार्यालयले जुवातास नखेल्न आग्रह गर्दासमेत मानिसहरु जुवातास खेल्ने गरेको पाइएकाले त्यस्ता ठाउमा प्रहरीले छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिरहेको उनले बताईन् ।

त्यसँगै चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न समेत प्रहरी लागि परिरहेको उनले बताईन । चाडपर्वको समयमा रमाईलोका नाममा भैलो गर्दा झगडा हुने भएकाले प्रहरीले राती दश बजेभन्दा पछाडी भैलो नेखेल्न समेत सवैमा आग्रह गरेको प्रहरी उपरिक्षक सिंहको भनाई छ ।

त्यससँगै प्रहरीले चाडपर्वमा हुने सम्भावित खतरालाई मध्यनजर गर्दै नियमित प्रहरीको गस्ती,सादा पोसाकका प्रहरी परिचालक गरिरहेको उनले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*