Home / Feature Breaking news / घोराही उपमहानगरपालिकाका प्रमुखको सय दिन (हेर्नुस् के भयो उपलब्धी)

घोराही उपमहानगरपालिकाका प्रमुखको सय दिन (हेर्नुस् के भयो उपलब्धी)

घोराही, १ कार्तिक
घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको एक सय दिन पुगेको छ । एक सय दिन पुरा गरेको अवसरमा बुधवार उपमहानगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीले आफु जनप्रतिनिधिमा निर्वाचित भएदेखि अहिलेसम्म गरेका काम सार्वजनिक गरेका छन् । घोराही उपमहानगरपालिकाले वुधवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सय दिनका उपलब्धी सार्वजनिक गरेका हुन् ।

स्मार्ट सिटीको निति पारितसँगै छलफल, औद्योगिक क्षेत्र घोषणा, हात्तीखर्क क्षेत्रमा ५ हजार कागतीका विरुवा रोपिएको, अर्गानिक तरकारी खेतीको सुरुवात, सबै वडाहरुमा यातायात सञ्चालन जोड्नका लागि प्रत्येक वडा पाँच लाख रुपैया बजेट बिनियोजन, जेष्ठ नागरिकहरुलाई घरदैलोमा स्वास्थ्य सेवा, विपदमा परेकालाई तत्काल पाँच हजार रुपैयासम्म आर्थिक र खाद्यान्न सहयोग लगायतका कामहरु गरेको चौधरीकोे दाबी छ ।

उपलब्धीहरुमा सेवा प्रवाह, वातावरण, सरसफाई तथा फोहरमैला व्यवस्थापन, स्वास्थ्य, पूर्वाधार विकास, विपद् व्यवस्थापन, बजार व्यवस्था र महिला, बालबालिका तथा खेलकुदलगायतका क्षेत्रमा सुधारका प्रयासहरु भएको प्रमुखताका साथ देखाएका छन् ।

स्वास्थ्यअन्तर्गत क्यान्सर,मुटु,मृगौला रोगका दिर्घरोगीहरुलाई आर्थिक सहयोग अन्तर्गत पाँच हजार सहयोगदेखि, जन्मदर्ता अभियानलाई सार्थक बनाउन महिलाहरुको नियमित स्वास्थ्य परिक्षण तथा शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता बनाए पाँच सयको बचत खाता वडा उपमहानगरपालिकाले खोलिदिने कामको सुरुवाट १४ र १५ नम्वर वडावाट सुरु गरेको चौधरीले कार्यत्रममा जानकारी दिए ।

मासु पसललाई व्यवस्थीत गर्नकालागि वडा नम्वर १६मा बधशाला निर्माणको प्रक्रियालाई अघि बढाउनेदेखि,अनलाईन प्रणालीमाफर्त व्यक्तिगत घट्ना दर्ता सुरु, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमाफर्त सुरु,न्यायिक समिति गठन,बाढिमा ज्यान गुमाउने परिवारलाई प्रति परिवार २५ हजार सहयोग, बजार व्यवस्थापन अन्तर्गत तुलसीपुरचोक आसपासमा फुटपात पसल सञ्चालन गर्ने व्यवसायीहरुलाई घरेलु सिल्पकला केन्द्रको परिसरमा व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, घरेलु, महिला विकास लगायतका विषयगत कार्यालयहरुको सेवा कार्यलय उपमहानगरपालिकावाट दिन सुरु,घोराहीको तुलसीपुर चोक,बालमन्दिर र विचिचोकमा सार्वजनिक सौचालय निर्माण गर्ने निर्णय आफुले अघि बढाएको कार्यक्रममा बताएका थिए ।

ज्यामिरे दह र बाह्रकुने दहको एकिकृत विकास लागि अध्ययनसँगै भू–संरक्षण र राष्ट्रपति चुरे मधेश संरक्षणसमितिसँग छलफल गरेर बराह क्षेत्र ज्यामिरे एकिकृत विकास परियोजना विस्तृत अध्ययन थालनी,विश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव मन्दिर धारपानीको गुरुयोजना निर्माणको प्रक्रिया थालनी भएको पत्रकार सम्मेलनमा नगर प्रमुख चौधरीले जानकारी दिए ।

प्रशासनिक काय्िवधि निर्माण, प्रशासनिक व्यवस्थापन, बालबालिका पुनःस्थापना, बजारको ब्यबस्थापन,बादि समुदायका २० बालबालिकाहरुलाई आर्थिक सहयोग,राष्ट्रिय स्तरको टि–२० क्रिकेट खेल सञ्चालनका लागि तीन लाख सहयोगसँगै खेलमैदान निर्माणको कार्यलाई अघि बढाएको उपमहानगरपालिकाले बताएको छ ।

गल्ने र नगल्ने फोहरहरुको उचित व्यवस्थापन सँगै सौर्य उर्जा उत्पादनका लागि प्रकृया सुरु गरिएको, तुलसीपुर चोक आसपासका सडक व्यापारलाई स्थानान्तरण गरिएको, बजारको नियमित अनुगमन, मासु पसलमा सुधार, जेष्ठ नागरिकहरुको घरमै उपचारको कामलाई प्रमुख उपलब्धीकारुपमा लिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

हात्तीखर्क क्षेत्रमा ५ हजार कागती रोपण, ५ विगाहमा जमिनमा अर्गानिक तरकारी खेतीको सुरुवात, सबै वडाहरुमा यातायात सञ्चालन, जेष्ठ नागरिकहरुलाई सम्मान, विपदमा परेकालाई तत्काल आर्थिक र खाद्यान्न सहयोगका कामहरु भएको नगर प्रमुख चौधरीले आफ्ना उपलब्धीमा उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*