Home / Feature Breaking news / फूलको मुल्य नहुँदा व्यवसायिक हुन सकेन

फूलको मुल्य नहुँदा व्यवसायिक हुन सकेन

अमरराज आचार्य

दाङ, १ कार्तिक

फूल खेती गरे पनि त्यसको दिगो वजार नहुदा व्यवसायिक फूल खेती हुन नसकेको कृषकहरु बताउछन् ।

चार्ड पर्वमा फूलको माग हुने गरे पनि अन्य समयमा यसको बजार नभएको फूल खेती गदै आएका कृषकहरु बताउछन् । जसको कारण पनि प्राय मानिसहरुले व्यवसायिक नभइ आफनो प्रयोजनका लागि मात्र फूल लगाउने गर्दछन् ।

लमही नगर पालिका वडा नम्वर ५ कोलहीमा विगत ३ वर्ष देखि सामुहिक रुपमा फूल खेती गदै आएका छ । ५ जनाको समुहले फूल खेती गदै आएको हो । मुकेश अधिकारी, दिवाकर पण्डित, कृष्ण घिमिरे, रिमा घिमिरेले सामुहिक रुपमा फूलको खेती गर्ने सुरु गरेका हुन । उनीहरुले फूल खेती गरे पनि फूलको वजार नभएको मुकेश अधिकारी बताउछन् ।

उनीहरुले सुरु वर्ष जिल्लामा फूलको विक्री गर्ने नसके पनि गाडीमा राखेर काठमाडौमा लगेर विक्री गरेको बताए । गएको वर्षमा भने जिल्लामा नै सवै फूल विक्री भएको थियो । उनले भने‘ फूलको वजार छैन चाड पर्वमा मात्र फूलको माग हुने गर्दछ’ । उनीहरुले गत वर्ष घोराही बजारमा तथा आफै पूmल खेती गरेको स्थानवाट नै माला वनाएर विक्री गरेका थिए ।

उनीहरुले प्रति माला १ सय ५० का दरले विक्री गर्ने गरेका छन् । गत वर्ष तिहारमा माग अनुसार फूलका माला पु¥याउन नसकिएको अधिकारीले बताए । तर अन्य समयमा फूलको व्यापार नहुने गरेको बताए । माग भएमा आफुहरुले १२ महिना नै खेती गर्ने सोच रहेको बताए । विभिन्न कार्यक्रममा फूलको माग भएमा पु¥याइदिने गरेको समेत बताएका छन् । उनीहरुले १ लाख लगानी गरेर फूल खेती व्यवसाय सुरु गरेको बताए ।

अधिकारीले भने ‘ हामीले नाफा कमाउने भन्दा पनि सेवा भावले अगाडि वढेका छौ’ । आर्थिक रुपमा सन्तुष्ट हुन नसके पनि आत्म सन्तुष्ट भएको उनीहरु बताउछन् । जिल्लामा तिहारमा चाहिने फूल भारतवाट धेरै मात्रामा नेपालमा आयात हुने गरेका छ । भारतवाट आउने फूलको आयातलाई घटाउनको लागि आफूले व्यवसायिक थालेको अधिकारी वताउछन् ।

५ कट्टा जग्गा भाडामा लिएर सयपत्रि फूलको व्यवसायिक खेती गरिएको छ । फूल खेती गर्नेका लागि ४ जनालाई रोजगार समेत दिएका छन् । अहिले तिहारलाई लक्षित गरेर फूलको खेती गरिएको हुदा अहीले ढकमक्क सयपत्रि फूलेको छ । अधिकारीका अनुसार फूल खेती गर्न सजिलो छैन । फूल रोपे देखि फूलाउदा सम्म मेहनत उतीकै आवस्यक पर्दछ । फूलका वेर्ना समेत जिल्लामा उपलव्ध नभएकाले हेटौडा वाट ल्याउनु पर्ने अधिकारीले बताए ।

त्यसै गरेर प्राविधिक ज्ञानको आवस्यक पनुका साथै फूलमा रोग लाग्न नदिनका लागि ध्यान दिनु पर्ने हुन्छ । यसै गरेर फूलका सिँचाइको समेत आवस्यकता पर्दछ । नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जस बेला पनि आवश्यकता पर्दछ ।

धर्म कर्म,पूजापाठ, प्रेमलाप, कुनै वशिष्ठ पाहुनाको स्वागत घर वरिपरीको वातावरणको सजावटका लागि फूलको प्रयोग हुदै आएको छ । वर्षनी भारतवाट फूल तथा प्लाष्ट्रिकका माला आयात हुदै आएको छ । जिल्लामा व्यवसायिक सुरुमा फूल खेती गर्ने सकिएमा भारत वाट आउने फूल तथा माला कम गर्ने सकिने थियो । भने नेपाली रकम वाहिरीने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*