Home / Feature Breaking news / दाङमा १ हजार ५ सय ९३ म्यादि प्रहरी भर्ना गरिने

दाङमा १ हजार ५ सय ९३ म्यादि प्रहरी भर्ना गरिने

दाङ, ३१ असोज
आगामी मंसीरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनकालागि दाङमा १५ सयबढि म्यादी प्रहरी भर्ना गरिने भएको छ । निर्वाचनका लागि थप सुरक्षाकर्मी आवश्यक भएकाले भर्ना गर्न लागिएको म्यादी प्रहरी दाङमा यस पटक १ हजार ५ सय ९३ जना भर्ना गरिने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

गत स्थानिय तहको निर्वाचनमा जिल्लामा १ हजार ३ सया ४० म्यादी प्रहरी भर्ना गरिएको थियो । असोज २४ गतेदेखी ३० गतेसम्म फारम संकलन गरिएको छ । कार्तिक ५ गतेबाट छनोट प्रक्रिया सुरु हुने जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

यस पटकको निर्वाचनकालागि देशभर ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीभर्ना गरिदै छ । निर्वाचनमा खटिने म्यादीको अवधी ५५ दिनको रहने भएको छ । छनोट भएका म्यादी प्रहरीलाई नेपाल प्रहरी जवान सरह आधारभुत तलव १७ हजार २ सय ३० रुपैया दरले ५५ दिनको रकम उपल्व्ध गराईने भएको छ । त्यसै गरेर रासन र स्थानिय भता उपल्व्ध गराईने भएको छ ।

निर्वाचनमा कुनै पनि डयुटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको प्रतिदिन २ सय ५० रुपैया को विशेष भत्ता र ७ दिनमै लागि प्रतिदिन २ सय ५० का दरले खाजा खाजा उपलव्ध गराइने छ । निर्वाचनको क्रममा घाईते भएका कुनै पनि म्यादी प्रहरीलागि नागरिक राहत क्षतीपूति तथा आर्थिक कार्य विधि २०६८ शसोधित अनुसार वढीमा १ लाख ५० हजार सम्मको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीको निर्वाचनको क्रममा मुत्यु भएमा निजको आश्रीत परिवारलाई नेपाल सरकारले १५ लाख सम्म आर्थिक सहायता उपल्वध गराउने भएको छ । निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको स्थान सम्म आउन र जानकालागि प्रति व्यक्ती१ हजार रुपैया प्रदान गरीने भएको छ । म्यादी प्रहरीलाई निर्वाचन तोकिएको वमोजिक पोशाक प्रयोग गर्नेकालागि ४ हजारका दरले पोशाक रकम उपलव्ध गराइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*