Home / समाचार / लक्ष्मीपुरमा सिर्जनशील शाखा उद्घाटन

लक्ष्मीपुरमा सिर्जनशील शाखा उद्घाटन

दाङ ३१, असोज 
स्थानिय स्तरमा सुचनाको पहुँच पु¥याउने उद्देश्यले लक्ष्मिपुरमा स्थापना भएको सिर्जनशिल शाखाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । ‘नागरिक समाजः पारस्प।िक जवाफदेहिता’ परियोजना अन्तरगत गठन गरिएको शाखाको उद्घाटन ग्रामीण महिला उत्थान केन्द्रका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि आसमानी चौधरीले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले समुदाय स्तरमा पहिचान भएका सवाल तथा समस्याहरुलाई सम्बोधन गर्नका लागि यस सिर्जनशिल शाखाले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । अहिले हाम्र्रो समुदायमा सुुचनाको पहुँच नभएका कारणले विभिन्न समस्या बढ्दै जानु भनेको जनता अझै पछाडि ढकेलिनु हो । त्यसैले चौतर्फी रुपमा सुचनाको विकासकालागि यस सिर्जनशिल शाखा स्थापना गरिएको उहाँले बताउनुभयो । समाजमा व्याप्त शिक्षा, स्वास्थ्य तथा कृषिका समस्याहरु छन् त्यसको सम्बोधनका लागि चेतनाको विकास पनि महत्वपुर्ण रहेको उहाँको भनाई थियो ।

त्यसैगरी घोराही उप महानगरपालिका –२ का वडा अध्यक्ष केशव आचार्यले यो सिर्जनशिल शाखाले समुदाय विकासका लागि सुचनाको पहुँचमा अहम् भुमिका निर्वाह गर्ने भएकोले यसलाई अझ व्यवस्थितगर्न समुदायले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका उहाँले सुचनाको पहुँच सबै जनतालाई पुग्यो भने देशको भ्रष्टाचार कमभई देश समृद्धितिर उन्मुख हुने बताउनुभयो । साथै उहाँले आफ्नो वडा भित्र यस्तै खालको सिर्जनशिल शाखा स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।

सो सिर्जनशिल शाखा व्यवस्थापनका लागी ग्रामीण महिला उत्थान केन्द्रले नागरिक समाजः पारस्प।िक जवाफदेहिता परियोजना अन्तरगत कम्युटर १ थान, इन्टरनेट सामाग्री, टेबल, कुर्सी लगायतका बिभिन्न समान तथा पुस्तकहरु श्री सुनपुर सामुदायिक बन उपभोक्ता समुहको अधिनमा रहने गरी हस्तान्तरण गरेको छ । सो सिर्जनशिल शाखा घोराही उपमहानगरपालिका ४ सुनपुरमा अवस्थित रहेको छ ।

श्री सुनपुर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तेज बहादुर डि.सीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उप महानगरपालिका –३ का वडा अध्यक्ष माधवप्रसाद चौधरी, वडा नं ४ का प्रतिनिधि रजनि चौधरी, वडा नं १ का प्रतिनिधि टोपा कुमारी पौडेल, लक्ष्मिपुर स्थानिय सभाका संयोजक मुनाल घिमिरे, रामपुर स्थानिय सभाका संयोजक जहेन्द्र चौधरी लगायतले बोल्नुभएको थियो ।

सि.एस म्याप परियोजनाका संयोजक नविन चौधरीलेको स्वागत मतन्ब्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण भिमकान्त चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*