Home / Feature Breaking news / समाज रुपान्तरणमा ‘जनउत्थान’

समाज रुपान्तरणमा ‘जनउत्थान’

आर.के.शीतल
दाङ, ३० असोज

जनउत्थान समाज विकास केन्द्रले समाज रुपान्तरणमा महत्वपूूर्ण भूूमीका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् । केन्द्रले आज सोमवार घोराहीमा आयोजना गरेको समिक्षात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रले समाजमा सचेतनाकासाथै आयआर्जनमा सक्षम बनाउदै समाज रुपान्तरणमा महत्वपूर्ण भूमीका खेलेको उनीहरुले बताएका थिए ।

केन्द्रले जिल्लामा सञ्चालन गर्दै आएको विभिन्न परियोजनामार्फत ग्रामीण क्षेत्रका समुदायमा सरसफाईदेखी आयआर्जनका विविध विषयमा सक्षम बनाउने काम गरिरहेको भन्दै सरोकारवालाहरुले यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

2केन्द्रका कार्यकारी प्रमुख कुुलबहादुर डाँगीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले सामाजिक उत्थानका विषयमा जनउत्थान समाज विकास केन्द्रले गरेको कार्यहरु प्रशंसायोग्य भएको भन्दै यसमा सधै जिल्ला समन्वय समितिले साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामाजिक रुपान्तरणमा सबै एक भएर लाग्न आवश्यक भएको भन्दै उहाँले जिल्लाको विविध क्षेत्रको विकासकालागि गैरसरकारी संस्थाको भूमीमा अतुलनिय भएको र यसमा पनि जनउत्थानले अग्रणी भूमीका खेलेको बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्रप्रकाश वलीले सरकारी निकायले अपेक्षा अनुसार सेवा दिन नसकेको विकट क्षेत्रमा पुगेर जनउत्थान समाज विकास केन्द्रले समाज रुपान्तरण गर्दै आएको बताउनुुभयो ।

1

विभिन्न पिछडिएका जातजातिहरुलाई जागरणका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न, सामाजिक विकृति र विसङ्गति कम गर्दै आदर्श समाज निर्माणको प्रयास गर्न र महिला, बालबालिका, पिछडिएका वर्गहरुको विकास र सक्षमताकालागि काम गर्ने गरेको भन्दै यसलाई निरन्तता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनउत्थान समाज विकास केन्द्रका कार्यकारी प्रमुख कुुलबहादुर डाँगीले २०५३ सालमा स्थापना भएको यस गैर सरकारी संस्थाले सामाजिक विकास, भौतिक विकास, आय आर्जन तथा भौतिक पुर्वाधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुुभयो ।

केन्द्रले स्थापना कालदेखि नै विकास निर्माणको पहँुचबाट टाढा रहेका दलित, जनजाति, अल्पसंख्यक, महिला, बालबालिकाहरुको क्षेत्रमा विभिन्न क्षमता विकास तथा भौतिक पुर्वाधारका कार्यक्रमहरु विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहयोग र सहकार्यमा दाङ, रोल्पा, सल्यान, बर्दिया र कैलाली जिल्लाहरुमा सञ्चालन गरिरहेको उहाँले बताउनुुभयो ।

समानुपातिक र भेदभाव रहित समाजको स्थापना गर्ने मुख्य उद्धेश्यकासाथ स्थानीय समुदायलाई सामाजिक, आर्थिक, शैक्षिक र वातावरणीय अवसरहरुको पहुचमा वृद्घि गरी योग्य र सक्षम बनाउने लक्ष्यका साथ केन्द्रले काम गरिरहेको पनि डाँगीले जानकारी दिनुुभयो ।

जनउत्थान समाज विकास केन्द्रमा हाल ५ वटा परियोजना कार्यक्रम सञ्चालनमा रहेको डाँगीले बताउनुभयो । जसमा ग्रामीण क्षेत्रमा सामाजिक रपान्तरणको क्षेत्रमा काम गर्दै आएको छ । समाजमा रहेका गरिवी घटाउनेदेखी आयआर्जनमा सक्षम बन्न सहयोग पुु¥याउन परियोजनाले सहयोगी भूमीका निर्वाह गरेको पनि डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनाबारे कार्यक्रम संयोजकहरुले जानकारी गराउनुभएको थियो । जसमा गरिवी निवारण कोषको सहयोगमा गरिबी निवारण कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाको साविक साँैडियार, लक्ष्मीपुर, वेला, राजपुर, गढवा, गंगापरस्पुर, गोवरडिहा र सतबरीया गाविसमा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रम संयोजक पुुष्पा भण्डारीले जानकारी दिनुुभयो ।

कार्यक्रम अन्तरगत सामाजिक परीचालनको माध्यमबाट स्थानीय स्तरमा अति गरीब घरधुरीहरु पहिचान गरी उनिहरुलाई सामुदायिक संस्थामा आवद्ध गर्दै संस्थागत विकास गर्ने, समुदायको माग अनुसार विभिन्न भौतिक पुर्वाधार तथा आय आर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने र गठन गरिएका सामुदायिक सस्थाहरुलाई सहकारी वा सामुदायिक सस्थाहरुको सञ्जाल बनाई नियमित रुपमा सञ्चालनको वातावरण तयार गर्ने कार्यहरु भईरहेको भण्डारीले जानकारी दिनुुभयो । जसले समुुदायमा गरिवीको घेरामा रहेका परिवारहरुलाई सक्षम हुन सफल भएको पनि उहाँले बताउनुुभयो ।

गरिबी निवराण कोष÷जापानीज सामाजिक विकास कोषको सहयोगमा द्वन्द्ध प्रभावितहरुका लागि बजार निर्माण परियोजना कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।

जिल्लाभर सञ्चालनमा रहेको यस कार्यक्रम अन्तरगत परम्परागत सिप भएका समुदायका अति गरीब परिवारको पहिचान गरी उनिहरुलाई सामुदायिक संस्थामा आवद्ध गर्ने, सामुदायिक संस्थाहरुको संस्थागत विकास गरी उनीहरुको मागका आधारमा घुम्तीकोष परीचालन गरी आय आर्जनमा सहयोग पु¥याउने र समुदायमा भएको परम्परागत सिपलाई आधुनिकीकरण गरी उनीहरुको आय आर्जनमा सहयोग पु¥याउने लगायतका कार्यहरु भईरहेको परियोजना कार्यक्रम संंयोजक गणेश वलीले जानकारी दिनुुभयो ।

युरोपीयन यूनियनको आर्थिक सहयोगमा सञ्चालन भएको सहकार्य परियोजनाले साविक घोराही नगरपालिका, लालमटिया, सिसहनीया र सतवरीया गाविसमा मुक्त कमैया तथा कम्लहरीहरुलाई संगठित गरी उनीहरुको अधिकारको बारेमा सचेतीकरण गर्ने, खाद्य अधिकारको लागि पैरवी गर्ने र मुक्त कमैयाँ कम्लहरीहरुको पुनःस्थापनाको लागि पैरवी गर्न सहयोग गर्ने लगायतका कार्यहरु गरिरहेको कार्यक्रम संयोजक राजेन्द्र खड्काले कार्यक्रममा जानकारी गराउनुुभयो ।

जनउत्थान समाज विकास केन्द्र दाङले ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना जिल्लाका साविक लोहारपानी, काभ्रे, लक्ष्मीपुर र राजपुर गाविसमा सञ्चालन भएको कार्यक्रम संयोजक कुुलबहादुर डाँगीले जानकारी दिनुुभयो ।

यस परियोजना अन्तरगत खानेपानी नपुगेको वस्तीका उपभोक्ताहरुलाई संगठित गर्ने, समुदायको अगुवाईमा प्रत्येक घरमा स्वस्थ्य खानेपानी उपलव्ध गराउने र समुदायमा पुर्ण सरसफाइको सुनिश्चित गरी पुर्ण सरसफाई क्षेत्र घोषणा गर्ने लगायतका कामहरु भईरहेको डाँगीले कार्यक्रममा जानकारी दिनुुभयो ।

यसैगरि जनउत्थान समाज विकास केन्द्रमार्फत ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड)को सहयोगमा जिल्लाका साविकका लोहारपानी, काभ्रे, लक्ष्मीपुर र राजपुर गाविस पूूर्ण सरसफाई कार्यक्रम जनउत्थान समाज विकास केन्द्रमार्फत सञ्चालन भईरहेको कार्यक्रम संयोजक मोहन वलीले जानकारी गराउनुुभयो ।

यस परियोजनामा स्थानीय स्तरमा स्वस्थ घर सर्वेक्षण गरी सरसफाइको स्थिति विश्लेषण गर्ने, विश्लेषणको आधारमा स्वस्थ तथा सरसफाइमा कमि भएको घरलाई स्वास्थ तथा सरसफाई उन्मुख घर र स्वास्थ्य तथा सरसफाइ उन्मुख घरलाई स्वस्थ घर बनाउन सहजीकरण गर्ने कार्यहरु गर्ने गरेको वलीले बताउनुुभयो ।

यसका साथै सबै घर स्वस्थ्य घर भएपछि ंिड.वास.सि.सि र भि.वास.सि.सि.को समन्वयमा पुर्ण सरसफाइ क्षेत्र घोषणा गर्ने कार्य यस परियोजनामा हुने कार्यक्रम संयोजक वलीले जानकारी दिनुुभयो ।

कार्यक्रममा स्थानीय निकायको नीतिगत व्यवस्था पालना अनुगमन परियोजना कार्यक्रम हालैमात्र सम्पन्न भएको जानकारी गराईएको थियो । जनउत्थान समाज विकास केन्द्रबाट सञ्चालन भएको यस कार्यक्रम स्थानीय विकास मन्त्रालयमार्फत जिल्लाका ४ वटा नगरपालिका र २५ वटा गाविस एवं जिल्ला विकास समितिमा पनि कार्यक्रम भएको कार्यक्रम संयोजक मोहन केसीले जानकारी दिनुुभयो ।

स्थानीय निकायको नीतिगत व्यवस्था पलान अनुगमन गरी देखिएका कमी कमजोरीहरुमा सल्लाह सुझाव दिने, स्थानीय निकायमा पारदर्शिताका औजारहरु सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई लगायतका क्रियाकलापहरुमा सहजीकरण गर्ने र नागरिक अधिकारयूक्त सेवा प्रवाहको बारेमा वडा नागरीक मञ्च र नागरिक सचेतना केन्द्रहरुलाई जानकारी गराउने कार्यक्रम यस परियोजनामा भएको संयोजक केसीले बताउनुुभयो ।

कार्यक्रममा मोहन केसीले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । गरिवी निवारण कार्यक्रम संयोजक पुष्पा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण पूूर्ण सरसफाई कार्यक्रम परियोजना संयोजक मोहनविक्रम वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*