Home / Feature Breaking news / सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरीको सचेतना

सामाजिक अपराध विरुद्ध सामुदायिक प्रहरीको सचेतना

दाङ, २९ असोज

समुदायमा बढ्दो मात्रामा हुने ठगी, चोरी, जुवातास र सामाजिक अपराध विरुद्ध सचेतना कार्यक्रम घोराहीमा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आयोजना गरेको आयोजनामा टोल विकास संस्थाका प्रमुखहरुकालागि सचेतना कार्यक्रम घोराहीमा भएको हो ।

1

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले प्रशीक्षण दिनुभएको थियो । उहाँले जिल्लामा हुने गरेका ठगी, चोरी लगायत सामाजिक अपराधका घटनाको प्रकृतिबारे जानकारी गराउदै कानुनी सजायका बारेमा स्पष्ट पार्नुभएको थियो ।

सुवेदीले जाल परिपञ्च, ललाई फकाई, सत्य हो भनि झुक्याउने, वैदेशिक रोजगारमा लगाई दिन्छु भनि झुठ्ठा आश्वासन, प्रलोभन देखाउने, कुनै वस्तु लिने दिने काम, आदान प्रदान परस्पर ऋण लिने दिने काम, सरसापट कारोवारका कारण मानिसहरु ठगीमा पर्ने गरेको बताउनुभयो ।

3

किर्ते अधिकृत वारेसनामा, जग्गा धनिलाई जानकारी नहुने, पित्तललाई सुन हो भनि सुनको मुल्य लिनु, सक्कली रुपैयांलाई तलमाथि राखि बिचमा कागज राख्ने, झुठ्ठा चिठ्ठा संचालन गरि पुरस्कार बितरण गर्ने, मन्दिर बनाउन चन्दा उठाई नबनाउने, पुलिस हुं भनि झुक्काई रकम उठाउने, जग्गा बेच्छु भनि पैसा लिएको तर उक्त स्थानमा जग्गा नभएको नक्सामा सडकको छेउमा जग्गा भनि पाखो बारी बेच्ने गरेको घटना दाङमा हुने जिल्लामा हुने गठीका घटनाको उदाहरण भएको सुवेदीले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा सामान्य रुपमा घरमा कोही नभएको समयमा, हातपात गरी वा डरत्रास देखाई वा थुनी वा नाबालकको जीउको धनमाल खोसेर, बाटोघाटो जंगल ढुकी जवरजस्ती चोरी गर्ने, ४ जना भन्दा बढीले समूहगत रुपमा चोरी गर्ने गरेको र पकेटमारी, सिक्री लुटने, मोटरसाईकल चोरी, काउसो, हिलो वा बिस्कुट छर्किएर, पैसा फालेर चोरले चोरी गर्ने गरेको प्रनि सुवेदीले जानकारी दिनुभयो । यस्तै गरि बजार क्षेत्रमा सटर फोडेर चोरी गर्ने घटना धेरै भएको प्रहरीको भनाई छ ।

चोरीका घटनामा संलग्नलाई ३ महिनादेखी १२ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको सुवेदीले जानकारी दिनुभयो ।

2

घरको मुख्य गेट, ढोका तथा दराजमा कमजोर तालाहरुको प्रयोग, घरको झ्याल ढोका समेत नलगाई काममा हिड्नु, घरमा कोही नबस्ने र तालाको भरमा घर बाहिर जानु, चोरी गर्ने व्यक्तिहरु महत्वाकाक्षी भई आर्थिक लोपमा परी चोरी गर्नु, घरमा भएका सदस्यहरु बेरोजगार भई फुर्सदमा हुनु, बालबालिकाहरुलाई वेवारिसे अवस्थामा छोड्नु, गरिबी, अशिक्षा र परिवारीक कलह, चोरी ऐनमा सजायको मात्रा कमी हुनु लगायतका कारण चोरी हुने गरेको त्यस अवसरमा प्रहरी निरिक्षक सुवेदीले बताउनुभयो ।

यसकालागि स्वयम् व्यक्ती नै सचेत बन्नुपर्ने उहाँको भनाई छ । जसमा जनसहभागिता र जनचेतनामुलक अभियान गर्नुपर्ने, घर छोडदा छिमेकीलाई जानकारी गराउनुपर्ने, रातको समयमा बत्ति बाल्ने, मुख्य ढोका बलियो बनाउने, कम्पाउण्ड वालमा कांडे बारको ब्यवस्था, ईन्टर लकको ब्यवस्था गर्नुपर्ने, सेक्यूरिटी साईरनको व्यवस्था गर्नुपर्ने, सेक्युरिटी लकको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै शंकास्पद ब्यक्तिलाई सोधपुछ गर्ने, गहनाको अनावश्यक प्रदर्शनमा नगर्ने, चोरीको नयाँ तरिका बारे जानकारी गराउने, पकेटमारबाट सचेत हुन पनि अनुरोध गर्नुभयो ।

सम्पत्तिको हार–जीत, संयोगको आधार, बाजी थापी खेलिने खेल लाई कानुनी रुपमा जुवा भनिने बताउदै जुवा सामाजिक अपराध भएको सुवेदीले बताउनुभयो । जुवाका कारण धेरैको जिन्दगी बर्वाद भएको भन्दै उहाँले यस विषयमा सचेत हुन सम्पूर्णमा अनुरोध गनुएभयो ।

कार्यक्रममा सुवेदीले आर्थिक वर्ष २०७३÷७४ मा ४, आर्थिक वर्ष २०७४÷७५ मा हालसम्म २, आर्थिक वर्ष २०७२÷७३ मा १३, आर्थिक वर्ष २०७३÷७४ मा १५, आर्थिक वर्ष २०७४÷७५ मा ८ र जुवामा आर्थिक वर्ष २०७२÷७३ मा ५, आर्थिक वर्ष २०७३÷७४ मा २०, आर्थिक वर्ष २०७४÷७५ मा १७ वटा घटना भएको जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंह, प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख अतिथि चौधरीले ठगी, चोरी, जुवा जस्ता अपराध जस्ता सामाजिक अपराधबाट बच्नकालागि स्वयं व्यक्ती नै सचेत हुनुपर्ने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव कुलबहादुर घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*