Home / Feature Breaking news / अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता हुने

अन्तराष्ट्रिय स्तरको नृत्य प्रतियोगीता हुने

घोराही, २९ असोज
गायक समिर आचार्यका दुई गीतहरुमा अन्तर्राष्ट्रिय स्तरको नृत्य प्रतियोगीता गरिने भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर अनलाईन पत्रिकाले गायक समिरका हालै सार्वजनिक भएका दुई गीतहरुमा अन्तर्राष्ट्रिय स्तरकै नृत्य प्रतियोगीता गर्न लागेको हो ।

आईतवार अनलाईनले घोराहीमा पत्रकार सम्मेलन गरिन प्रतियोगीता बारे जानकारी दिएको हो । समिरका हालै सार्वजनिक भएका ‘घिन घिन बज्यो मादल’ र ‘मेरो स्टाईल यस्तै छ’ बोलका गीतहरु नृत्य प्रतियोगीताका लागि छनौट गरिएका छन् ।

यि दुई मध्य कुनै एउटा गीतमा नृत्य गरेर निर्माण गरेको भिडियोका आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरिने छ । प्रतियोगीतामा पहिलो हुने नृत्य समुहले दुई लाख नगद र अष्ट्रेलिया भ्रमणको अवसर पाउने आयोजकले जनाएको छ ।

यसैगरि दोस्रो हुने समुहले एक लाख नगद पुरस्कार सहित म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने भएको छ भने तेस्रो हुने समुहले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । ‘विश्वका जुन कुनाबाट पनि यो प्रतियोगीतामा सहभागीता जनाउन सकिने छ,’यो प्रतियोगीताका दाङ संयोजक देवेन्द्र बस्नेतले प्रतियोगीता बारे जानकारी दिँदै पत्रकार सम्मेलनमा भने ‘खासगरि नृत्य प्रतियोगीतालाई अन्तर्राष्ट्रिय फोरम उपलब्ध गराउने यो प्रतियोगीताको मिशन हो ।’

प्रतियोगीता आगामी नोभेम्बर १ देखि सुरु हुने छ । आयोजकका अनुसार नृत्य गरेर आयोजक संस्था युएस खबर अनलाईनको आधिकारीक ईमेल वा फेसबुक पेजमा भिडियो पठाउनु पर्ने छ । यसरी प्राप्त भिडियोहरु मध्य निर्णायकहरुले उत्कृष्ट छनौट गर्ने छन् । प्रतियोगीताका निर्णायकमा किस्मत २ चलचित्रका नायक पृथ्वी राज प्रसाई लगाएतका रहने आयोजकले जनाएको छ । ‘म मेरो गीतबाट आँफू मात्रै हैन,अरुलाई पनि कलाकारीतामा सहयोग पुर्याउन सकुँ भन्ने चिन्तन सदैब राख्छु,’ प्रतियोगीताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गायक समिरले छेलिफोन मार्फत भने ‘यसैका लागि दुनियाँलाई प्रतिष्पर्धात्मक रुपमा मेरो गीतमा नचाउने योजना बुनेका छौँ ।’

यो अनलाईन पत्रिकाले यसअघि पनि समिरको दुनियाँ बेग्लै छ बोलको गीतमा नृत्य प्रतिष्पर्धाको आयोजना गरेको थियो । यसैगरि प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा कन्सल्टेन्सी रहेको छ भने एचडि ईन्टरनेशन र एसपी नर्सिङ कलेज सहयोगीका रुपमा रहेका छन् । ‘हामीहरु सुचना प्रवाहसंगै सामाजिक सेवा एबं कलाकारिताको बिकासका लागि पनि सकृय रहँदै आएका छौँ,’यो अनलाईनका प्रकाशक तथा प्रधान सम्पादक किशन रेग्मीले भने ‘यसपटक पनि नृत्य बिधालाई बिकसीत तुल्याउने मनसायले अनलाईन डान्स कम्पिटिशनको योजना बनाएका हौँ ।’

प्रतियोगिताका लागि दुई देखि ६ जनाको नृत्य समुह हुनु पर्ने छ । प्रतियोगीताका दाङ संयोजक बस्नेतको अध्यक्षता तथा नेपाल पत्रकार महासंघको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी प्रियासनले सञ्चार गृहले अन्तर्राीष्ट्रय स्तरको नृत्य प्रतियोगीता आयोजना गरेर कलाकारिता बिकासमा टेवा पुर्याएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार सम्मेलनको सहजिकरण पत्रकार आर.के सितलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*