Home / Feature Breaking news / घोराही १० नारायणपुरमा साप्ताहिक सरसफाई

घोराही १० नारायणपुरमा साप्ताहिक सरसफाई

नारायणपुर, २७ असोज

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शुक्रवार सरसफाई गरिएको छ । वडा नम्वर १० को आयोजनामा नारायणपुरको खैरा, नारायणपुर बजार लगायतका स्थानहरुमा सरसफाई गरिएको थियो ।

हरेक शुक्रावर हुने सरसफाई कार्यक्रम वडा नम्वर १० का अध्यक्ष चित्रबहादुर डागी ‘निर्मल’ नेतृत्वमा भएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी लगायतका उपस्थितिमा भएको कार्यक्रममा नारायणपुर उद्योग वणिज्य संघ, ईलाका प्रहरी कार्यालय नारायणपुर लगायत सामाजिक संघसंस्थाको सहभागीता रहेको थियो ।

सरसफाई पश्चात भएको कार्यक्रममा बोल्न वक्ताहरुले सरसफाई मानिसहरुको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएकाले सरसफाईमा सवैले ध्यान दिनुपर्ने बताए । जहा पायो त्यही फोहार गर्नाले बजार फोहरसँगै मानिसहरुलाई विभिन्न रोगहरु लाग्ने सम्भावना हुने भन्दै नारायणपुरवासीहरुले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
प्रत्येक घरधनीहरुले सकेसम्म गल्ने फोहरलाई घरमै व्यवस्थापन गर्न र नगल्ने फोहरलाई घोराही उपमहानगरपालिकाको गाडीमा राखेर सफा र सुन्दर सहर निर्माणमा सहयोग गर्न वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)ले वडाबासीहरुमा अनुरोध गर्नुभयो । नारायणपुर बजार क्षेत्रको फोहोर हरेक शुक्रवार साप्ताहिक रुपमा उठ्ने गरेको छ ।
सरसफाई कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नम्वर ११ का वडा अध्यक्ष कुलबहादुर लामिछाने, वडा नम्वर १२ अध्यक्ष भीमबहादुर खड्का, वडा नम्वर १३ का अध्यक्ष रविलाल घर्ति, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, ईप्रका नारायणपुरका प्रमुख प्रहरी नायव उपरिक्षक भिमबहादुर खड्कालगायतको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*