Home / समाचार / सात दिने बालभेला सम्पन्न

सात दिने बालभेला सम्पन्न

पार्वति बस्नेत
घोराही, २७ असोज
सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समूहले घोराहीमा सञ्चालन गरेको ७ दिने बालभेला कार्यक्रम आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किरण थापाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यमा बालभेला कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष रमेशकुमार पाण्डेयले अब छिट्टै नै घोराही उपमाहानगरपालिकालाई बालमैत्री क्षेत्र घोषणा गर्नका लागी उपमहानगरपालिका अभियानमा अगाडी बढेको बताउनुभयो ।

पाण्डेले बालबालिकाहरुको हितका लागी सार्वजनिक स्थानमा मदिराजन्य वस्तु विक्री वितरणमा उपमहानगरपालिकाले रोक लगाउने निर्णय छिट्टै गरेर कार्यन्वयन गर्ने जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा स्वदेशमै रहेर समाज विकास र रुपान्तरणका लागी सहयोग पु¥याउने युवा उद्यमीहरु ईश्वर बस्नेत, काष्ठकला व्यवसायी प्रमोद श्रेष्ठ र क्रिकेट प्रशिक्षक देवेन्द्र सिंह ठकुरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा डा.भोलानाथ योगि, योग गुरु रविन्द्र बस्नेत, प्रशिक्षक डि.आर दाहाल, जुलन लामा, शिक्षक बिलास घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, शिक्षक विमल भण्डारी लगायतले बोल्नुभएको थियो । यसैगरी सहभागिका तर्फवाट अभिषेक भण्डारी, सन्दीप जि.एम, विजया थापा, ग्रिष्मा गिरी र रक्षा वि.सी. भनाई राख्नुभयको थियो ।

कार्यक्रमा बिदेशमा रहेर पनि बालभेला सम्पन्न गराउनका लगी अहम भुमिका निर्वाह गर्नुहुने संजिव श्रेष्ठ, सुरेश बस्नेत, सुदेश श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण यम रेग्मीले गर्नुभयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*