Home / Feature Breaking news / दाङका पहाडी गाँउमा स्वास्थ्य शिविर

दाङका पहाडी गाँउमा स्वास्थ्य शिविर

दाङ , २६ असोज

जिल्लाका पहाडी क्षेत्रका विभिन्न गाँउहरुमा स्वास्थ्य शिवीर भएको छ । विभिन्न गाँउहरुमा स्वास्थ्य शिविर तथा सरसफाई शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक संस्थाको आयोजनामा बुधबार राप्ती गाँउपालिका ५ मा पर्ने थकरीकोट लगायथ वरिपरीका गाँउहरुमा शिविर भएको थियो ।

चिकित्सक प्रकाश विष्ट नेतृत्वको टोलीले ५० जना बढिको स्वास्थ्य जाँच गरेको थियो । शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य चेक गरेर औषधी प्रदान गर्नुका साथै, प्रत्यक घरलाई साबुन तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई फलफुल वितरण गर्नुका साथै सम्मान समेत गरिएको थियो ।

त्यस अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष समेत रहेका प्रकाश विष्टले सरसफाई र स्वस्थ जीवन मानव विकासका लागि आधारभुत आवश्यकता भएको बताउनुभयो । आप्mनो संस्थाले समय–समयमा जिल्लाका विकट गाँउहरmमा यस्तै किसीमका शिविरहरु चलाउदै आएको जानकारी दिनुभयो । आफुहरmले कसैबाट अनुदान वा सहयोग मागेर नभई व्यक्तीगत खर्चमा शिविर चलाउदै आएको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले  राज्यले आफनो सेवा सुविधा पु¥र्याउन नसकेको विकट क्षेत्रमा नागरिकहरको तर्फबाट गरिने यस्ता कार्यक्रमले सबैमा गरिब अशक्तहरुको सेवा गर्नका लागि प्रेरणा प्रदान गर्ने बताउनुयभो ।

स्थानीय ज्येष्ठ नागरिकको नङ काटेर सुरु गरिएको शिविरमा हात धुने तरिका, स्वस्थ दैनिक जिवनयापनका लागि आवश्यक कसरत लगायत सरसफाईसँग सम्बन्धित सचेतना समेत दिइएको थियो ।

कार्यक्रममा श्री प्रावि थरकोटका प्रधानाध्यापक सन्तोष सारु मगर, स्थानीय अगुवा तन बहादुर दर्लामी मगर, विद्यार्थी नेता प्रकाश शाही लगायत बोल्नुभएको थियो । संस्थाका सचिव गरिबु चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु सुरेश घिमिरे, देविलाल रावत लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*