Home / Feature Breaking news / योजना बुझाउदै सांसदहरुः १६ मध्य ७ सांसदले बुझाए

योजना बुझाउदै सांसदहरुः १६ मध्य ७ सांसदले बुझाए

अमरराज आचार्य
दाङ, २४ असोज

जिल्लाका सांसदहरुले आफना योजनाहरु पेश गर्न सुरु गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत आफना योजनाहरु पेश गर्न थालेका हुन । त्यसकालागि केही सांसदहरुले योजना पेश गरी सकेका छन् भने केहीले पेश गर्ने तयारीमा रहेको बताएका छन् । सांसदहरुले आफनो क्षेत्रको विकासकालागि योजनाहरु पेश गर्ने गर्दछन् । उनीहरुले ५० लाखको योजनाहरु पेश गर्ने गर्दछन् ।

हाल सम्म जिल्लाका करिब आधा सांसदहरुले आप्mना योजना पेश गरेको जिल्ला समन्वय समिति अन्र्तगत जिल्ला प्राविधिक कार्यालय दाङले जनाएको छ । कार्यालयको प्रशासन शाखाका अनुसार हाल सम्म योजना पेश गर्ने सांसदहरुमा अनिता देवकोटा, शिला खड्का, अनारकली मिँया, भागवत विश्वासी, युवराज ज्ञवाली, शारदाकुमारी विश्वकर्मा, डिल्लीवहादुर चौैधरीले योजना पेश गरेका छन् ।

सांसदहरुले आफना प्रतिनिधिहरु मार्फत आफना योजनाहरु पेश गरेका हुन् भने सांसदहरु पनि कार्यालयको सम्पर्कका आएर फर्म लग्ने गरेको कार्यालयले जनाएको छ । सांसदहरुले योजना पेश गर्नका लागि असोज मसान्तसम्मको समय रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर बासुदेव भण्डारीले जानकारी दिए ।

प्रमुुख भण्डारीका अनुसार सांसदहरुले योजना पेश गर्दा कम्तीमा १० लाख भन्दा माथिको एउटा योजना अनिर्वाय समावेस गरीनुपर्ने हुन्छ । त्यसै गरेर १ लाख भन्दा माथिका २० योजना गरी २१ वटा योजना पेश गर्नु पर्न हुन्छ । तर सांसदहरुले विगतका वर्षहरुमा साना साना योजनाका समेत कार्य गदै आएका छन् । एउटै शिर्षक अन्तर्गतका विभिन्न स्थानमा उनीहरुले काम गर्ने गरेका थिए ।

निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम (सञ्चालन कार्यविधि) दोस्रो संशोधन निमावली २०७४ मा योजनाहरु पेश गर्दा नदि, गल्छी, पहिरो नियन्त्रण तथा सिचाइ सम्वन्धी योजनाहरु सडक निर्माण तथा स्तर उन्तती सम्वन्धी योजना, खानेपानी तथा सरसफाई फोहोर मैला व्यवस्थापन तथा ल्यनफिल साईड निर्माणका योजनाहरु समावेश गर्न सकिने छ ।

त्यसैगरी सार्वजनिक जग्गा संरक्षण, एतिहासीक, साँस्कृतिक, साहित्य, कला, पुरातात्वीक र पर्यटन स्थलको संरक्षण, जिर्णद्धार तथा निर्माण आयोजना, वातावरण संरक्षण, जैविक विविधता तथा वन संरक्षण, हरियाली क्षेत्र, पार्क निर्माण सम्वन्धी आयोजनामा खर्च सकिने व्यवस्था गरीएको छ ।

यसैगरी नविकरणीय उर्जा, लघु जल विद्युत तथा विद्युतती करण सम्वन्धी, स्वास्थ्य चौकी, प्रसुति भवन, सामुदायिक भवन, वृद्धा आश्रम, अनाथालय तथा पुन स्थापना केन्द्र निर्माण सम्वन्धी, कृषि उपज सङकलन केन्द्र निर्माण तथा हाट वजार व्यवस्थापन, र सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकास सम्वन्धी योजनाका खर्च गर्ने पाइने छ ।

त्यसै गरेर निर्वाचन क्षेत्र पुर्वाधार अन्र्तगत प्रत्येक निर्वाचन क्षेत्रको लागि ३ करोड रकमको योजनाको समेत असोज अन्तय सम्म समय रहेको प्राविधिक कार्यालयका प्रमुख भण्डारीले बताए । पुर्वाधारको योजनाका छनोट सांसदहरुको वैठकले निर्णय गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*