Home / Feature Breaking news / राजमार्गमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु

राजमार्गमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु

दाङ, २४ असोज
पूर्व पश्चीम राजमार्गमा भएको सवारी दुर्घटनामा परि ३ जानको मृत्यु भएको छ । राजमार्गमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ । अन्य १२ घाइते भएका छन् । काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस मंगलवार विहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो ।

उद्धारमा खटिएका स्थानीय चिरन्जीवी केसीले दुईजनाको शब निकालेको र अन्य १२ घाइतेको उद्धार गरेको जानकारी दिए । ‘एक जना महिला र एकजना पुरुषको शब निकालिएको हो,’ उनले भने ‘अन्य १२ घाईतेको उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ।’

उनका अनुसार घाईते सबैको अवस्था गम्भीर छ । बस पुलबाट सिधै खोलामा खसेको छ । केसीका अनुसार पुल नजिकै सडकमा ठूलो खाल्डो परेको छ । खाल्डोबाट बसलाई जोगाउन खोज्दा बस अनियन्त्रीत भई खोलामा खसेको आशंका गरिएको छ।

बसले उक्त खाल्डो अगाडि ब्रेक हानेको देखिएको छ । ‘पुलको बिच सडकमै ठूलो खाल्डो छ,’ केसीले भने, ‘खाल्डोमा पर्नबाट बसले ब्रेक हानेको देखिएको छ, तिब्र गतिमा रहेको बस एक्कासी ब्रेक हान्दा अनियन्त्रीत भएर खोलामा खसेको हुन सक्छ।’

यसैविच देउखुरीको सतबपरियामा गएराती बस र ट्रक एकआपसमा जुध्दा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । बर्दियाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७४५९ नम्बरको बस र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख २६५ नम्बरको ट्रक लमही नगरपालिका वडा नम्बर ७ सतवरियामा ठोक्किदा बसमा सवार बर्दिया राजापुर १० का रामकृष्ण चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*