Home / Feature Breaking news / मनोज पुन समूहद्धारा निर्माण व्यवसायी संघका अध्यक्ष सरदकुमार गौचनको हत्या

मनोज पुन समूहद्धारा निर्माण व्यवसायी संघका अध्यक्ष सरदकुमार गौचनको हत्या

काठमाडौं, २३ असोज
निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ।

अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौं प्रहरीका एक अधिकारीलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् ।

मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो। रुपन्देही देवदहका पुन सुरु सुरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा व्यापारीहरुसँग महिना उठाउथेँ।

पछिल्लो समय भारतका विभिन्न स्थानमा बसेर उनले नेपालमा आपराधिक क्रियाकलाप गराउने गरेको प्रहरीको निष्कर्षछ। व्यवसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

‘बाटो ढुकेर’गोली प्रहार

सोमबार दिउँसो नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन आफ्नो घरबाट खरिबोट हुदैँ बानेश्वरको मुल सडकतर्फ आउँदै थिए।

बा १३ च ४९४८ नम्बरको गाडी चालकले चलाएका थिए भने उनी चालकतिरैको अगाडि सिटमा बसेका थिए। खरिवोट चोक नजिक कविता स्टोर अगाडि आइपुग्दा उनी सवार गाडीमथि आक्रमण भयो ।

कच्ची सडक र मोड रहेका कारण एकदमै सुस्त गतिमा चलिरहेको गाडीमाथि सबैभन्दा पहिले मास्क लगाएका एक जनाले चालकको सिटतिर ढुंगा हाने।
अर्कोले गौचन बसेको तर्फ २ राउण्ड गोली हाने। प्रहरीका अनुसार उनको छातिमा नै २ गोली लाग्न पुग्यो । सिभिल अस्पताल लगे लगत्तै डाक्टरले गौचनको मृत्यु भएको जानकारी दिए।

घटनास्थलको अवलोकनपछि काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले अज्ञात युवाहरुले सडकमा ढुकेर गौचनमाथि गोली हानेको बताए।

घटनाबारे प्रहरीले स्थानीयहरुसँग सोधपुछ गरेको छ। सोधपुछका क्रममा स्थानीयले चोकमा लामो समयसम्म बसिरहेका युवाहरुले नै गौचनमाथि गोली हानेको बताएका छन् ।

उनीहरुले चोकभन्दा केही पर मोटरसाइकल पार्किङ गरेको र गोली हानेपछि पार्किङमा गएर मोटरसाइकल चढी भित्री बाटो प्रयोग गर्दै उनीहरु भागेको स्थानीयले बताएको एसपी जोशीले सेतोपाटीलाई बताए।

योजना अनुसार पेशेवर सुटरबाट नै उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। चालक भने सुरक्षित छन् । उनलाइ सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

व्यवसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। गोली हानी हत्या भएपछि राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

घटनाभएको जानकारी पाउनसाथ महानगरीय प्रहरी कार्यालयका एआइजी जयबहादुर चन्दले मातहतका निकायलाई प्रमुख नाकाहरु सिल गर्न र त्यहाँ सुरक्षा जाँच कडा गर्न निर्देशन दिएका छन् ।

अहिले उपत्यकाका विभिन्न स्थानमा प्रहरस्ले चेकजाँच सुरु गरिसकेको छ। नाका र उपत्यकाभित्र ५ सय भन्दा बढी प्रहरी चेकजाँजमा खटिरहेको उनले जानकारी दिए।

सेतोपाटी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*