Home / समाचार / नारायणपुरमा विद्युत महशुल र फ्यूज कन्ट्रोल केन्द्रको माग

नारायणपुरमा विद्युत महशुल र फ्यूज कन्ट्रोल केन्द्रको माग

घोराही, २३ असोज

नारायणपुरमा विद्युत महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र स्थापनाकालागि स्थानीयबासीहरुले माग गरेका छन् ।

यस क्षेत्रमा महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र नभएकाले महशुल बुझाउनकालागि घोराही नै जानुपर्ने बाध्यता र फ्यूज भएमा घोराहीबाटै पुग्नुपर्दा समस्या भएकाले यस क्षेत्रबासीले माग गरेका हुन् ।

स्थानीयहरुको मागलाई मध्यनजर गर्दै वडा कार्यालय घोराही उपमहानगरपालिका १० र नारायणपुर उद्योग वाणिज्य संघले पहल सुरु गरेका छन् ।

सोमवार वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) एवं नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण घोराहीमा पुगेर महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र स्थापनाको लागि माग गर्नुभएको छ ।

भेटमा प्राधिकरणका प्रमुख मधुसुदन यादवले नारायणपुरमा विद्युत महशुल संकलन केन्द्र र फ्यूज कन्ट्रोल केन्द्र स्थापनाकालागि पहल थाल्ने बताउनुभयो ।

उहाँले स्थानीयबासीहरुको मागलाई मध्यनजर गर्दै आफूले पहल थाल्ने बताउनुभयो । टोलीमा घोराही उपमहानगरपालिका वडा नम्बर १० का सदस्य मंगल चौधरी र नारायणपुर उद्योग वणिज्य संघका महासचिव दिपक सुवेदीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*