Home / Feature Breaking news / सुरु भयो निर्वाचन चहलपहल

सुरु भयो निर्वाचन चहलपहल

अमरराज आचार्य
दाङ, २३ असोज

राजनितीक दलहरु आफना उमेद्धार छनोटमा लागि परेको समयमा निर्वाचन कार्यालयले पनि निर्वाचन प्रक्रियाका कार्यहरुलाई अगाडि बढाएको छ ।

दलहरुले उमेद्वारकालागि आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेसँगै चुनावी रौनक सुरु भएको छ । उमेद्वारका आकांक्षीहरु टिकटकालागि काठमाडौँ धाउन सुरु भईसकेको छ भने नेताहरु मतदाता भेटघाटमा लागिसकेका छन् ।

निर्वाचनमा मत कसरी आफ्नोे पाक्षमा पार्ने भनेर पार्टिका जिम्मेवार नेताहरु गाँउ तहमा पुग्ने गरेका छन् ।

जिल्लामा प्रदेश र संघको निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृृत तोकेसँंगै निर्वाचनको कार्य पनि अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेश र संघको निर्वाचनकालागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायधिस हेमन्त रावललाई दिएको छ । उनलाई मुख्य निर्वाचन अधिकृत साथै क्षेत्र नम्वर २ को जिम्मेवारी समेत दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको जिम्मेवारी अर्थ मन्त्रालयका कानुनी अधिकृत श्रीलाल पौडेललाई दिएको छ भने क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको जिम्मा उच्च सरकारी वकील कार्यालय तुल्सीपुरका चक्रदेव आचार्यलाई दिएको छ ।

जिल्लामा प्रदेशकालागि ६ वटा र संघको लागि ३ वटा निर्वाचन क्षेत्र कायम गरीएको छ । जिल्लामा प्रदेश र संघको निर्वाचनकालागि निर्वाचन अधिकृतहरुको कार्यालय कार्तिक ९ गते स्थापना गरीने जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार संघ र प्रदेशको निर्वाचनकालागि उमेद्धारी दर्ता कार्तिक १६ गते मनोनयन दर्ता गरीने भएको छ भने १९ गते चुनाव चिन्ह प्रदान गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*