Home / समाचार / नारायणपुर बजारमा पोलिथिन र प्लाष्टिक गीलास प्रयोग गर्न नपाईने

नारायणपुर बजारमा पोलिथिन र प्लाष्टिक गीलास प्रयोग गर्न नपाईने

नारायणपुर, २३ असोज

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने भएको छ । पछिल्लो समयमा नउठेको फोहोर अबदेखी हरेक शुक्रवार उठ्ने वडा कार्यालयले बताएको छ ।

घोराही उपमहानगरपालिकासँगको समन्वयमा बजार क्षेत्रको फोहोर हरेक शुक्रवार उठ्ने वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)ले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रतिनीधी शक्तीराम डाँगीको उपस्थितिमा बसेको बैठकले बजार क्षेत्रमा प्लाष्टिक (पोलिथीन र गिलास) प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

यसैबीच नारायणपुरबजार क्षेत्रमा फोहोरको अवश्थाले अनुगमन गरिएको छ । वडा कार्यालयको सक्रियतामा घोराही उपमहानगरपालिका, नारायणपुर उद्योग वाणिज्य संघको सहभागीतामा फोहोरको अनुगमन गरिएको हो ।

अनुगमनमा क्रममा जथाभावी फोहोर फाल्ने, आगो लगाउने, सीसाजन्य बस्तुहरु व्यवस्थापन नगरेको, पसलमा फोहोर फाल्ने डस्बीनको व्यवस्था नगरेको पाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*