Home / Election / दाङबाट कांग्रेसका प्रत्यक्ष उमेद्वारहरुः खुमबहादुर खड्कादेखी शंकर डाँगीसम्म

दाङबाट कांग्रेसका प्रत्यक्ष उमेद्वारहरुः खुमबहादुर खड्कादेखी शंकर डाँगीसम्म

दाङ, २२ असोज

आगमी मंसीर २१ गते हुने प्रतिनीधीसभा र प्रदेश सभा सदस्यकालागि दाङ कांग्रेसले उमेद्वारहरुको नाम सिफारिस गरेको छ ।

नयाँ संरचना अनुसार ३ वटै निर्वाचन क्षेत्रबाट प्रतिनीधीसभा र प्रदेश सभा सदस्यकालागि प्रत्यक्ष र समानुपातिक उमेद्वारहरुको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ दाङ निर्वाचन क्षेत्र नं १ बाट केन्द्रीय सदस्य खुमबहादुर खड्का, पावर्ती डिसी चौधरी, सांसद सुशीला चौधरी, पूर्व सांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई सिफारिस गरेको काँग्रेस दाङले जनाएको छ।

प्रदेशसभा अन्तरगत क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ कर्णबहादुर बुढाथोकी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे, हरिहर शर्मा घिमिरे, मधु न्यौपाने र क्षेत्र नं १ (ख) प्रत्यक्षतर्फ भेषराज पाण्डे, प्रदीपराज शर्मा, नारायण बिसी र द्रोण भुसालको नाम सिफारिस भएको छ।

क्षेत्र नं २ का लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सांसद राजु खनाल, सांसद अनिता देवकोटा, घनश्याम रेग्मीको नाम सिफारिस भएको छ। प्रदेशसभा सदस्य क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ वीरकेशरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा, कृष्णप्रसाद सुवेदी, मोहन घिमिरे र दामोदर केसीको नाम रहेको छ।

क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दीपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको नाम सिफारिस भएको छ।

त्यस्तै, दाङ क्षेत्र नं ३ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरी, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसद बुद्धिराम भण्डारी र राजेन्द्र धितालको नाम सिफारिस भएको छ।

प्रदेश सभाका लागि क्षेत्र नं ३ (क) मा प्रत्यक्षतर्फ जिल्ला सभापति कीर्तिबहादुर खड्का, शंकर गिरी, किरण शाह, सुरेश हमाल, प्रदीप खड्का र क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ जिल्ल सचिव शंकरप्रसाद डाँगी, केशव आचार्य, जगतबहादुर खड्का, मदन रसिक, टीका घर्ती, चूडामणि ढकालको नाम सिफारिश भएको काँग्रेस दाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*